
कैलाली । नेकपा (क्रान्तिकारी माओवादी)को पूर्व घोषित कार्यक्रम अनुसार कैलालीको अत्तरिया बजारमा भएको मोदी भ्रमण विरुद्धको विरोध प्रदर्शनका क्रममा तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा ७ नं प्रदेश संयोजक रामबहादुर केसी, क्रान्तिकारी माओवादी जिल्ला सचिवालय सदस्य टंक कोइराला र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य केशव साउदलाई प्रहरीले गिरफ्तार गरेको हो ।

देजमो ७ नं प्रदेशको आयोजनामा भएको उक्त विरोध प्रदर्शनमा अत्तरीया बजार हुँदै नयाँबसपार्क पिपलचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा सम्बोधन गर्दागर्दै संयोजक केसीलाई प्रहरीले हस्तक्षेप गरेर गिरफ्तार गरेको थियो । गिरफ्तार नेताहरुलाई अत्तरिया इलाका प्रहरी कार्यालयमा राखिएको छ । विरोध प्रदर्शनमा पार्टी पिविएम तथा ९ नं. प्रदेश सचिव अटललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।





























