क्रान्तिकारी माओवादीले मोदी भ्रमणको विरोधमा देशव्यापी रुपमा गरेको प्रदर्शन (फोटोफिचर)

क्रान्तिकारी माओवादीले मोदी भ्रमणको विरोधमा देशव्यापी रुपमा गरेको प्रदर्शन (फोटोफिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले मोदी भ्रमणको विरोधमा देशव्यापी विरोध प्रदर्शन गरेको छ । काठमाडौंमा आयोजना गरेको विरोध ¥याली र सभामाथि प्रहरीले हस्तक्षेप गरी पार्टी स्थायी समिति सदस्य तथा देजमो, नेपालका अध्यक्ष सीपी गजुरेलसहित २९ जनालाई गिरफ्तार गरेको छ ।

क्रान्तिकारी माओवादीकै आयोजनामा भएको बाँके–बर्दियाको संयुक्त कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी बाँके सेक्रेटरी अर्जुनसहित चार जनालाई गिरफ्तार गरिएको छ भने कञ्चनपुरमा भएको विरोध प्रदर्शनमा पनि प्रहरीले हस्तक्षेप गरी देजमोका केन्द्रीय सचिवालय सदस्य तथा ७ नं. प्रदेश संयोजक रामबहादुर केसीसहित तीन जनालाई गिरफ्तार गरेको छ ।

अन्य प्रदेशका जिल्लाहरुमा प्रदर्शन जारी अवस्थामा रहेका छन् । विस्तृत विवरण आउन बाँकी छ । देशैभर भएको प्रदर्शनमा देखिएका दृश्यलाई यहाँ फोटो फिचरको रुपमा यहाँ प्रस्तुत गरिएको छ ।

यो काठमाडौंबाट गिरफ्तार गरेको दृश्य हो ।
कैलालीमा भएकाे विराेध कार्यक्रम अन्तर्गत अत्तरियाबजारबाट पिपलचोक तर्फ जाँदै गरेकाे विराेध र्याली ।

चितवनको लायन्स चाेकमा भएकाे विराेध कार्यक्रमकाे दृश्य ।

नेपालगन्जकाे धम्बाबाेजी चाेकमा विराेध कार्यक्रम हुँदै गर्दा प्रहरी हस्तक्षेपकाे दृष्य ।