नेपालगञ्ज । नेपालगञ्जको धम्बोजी चोकमा नेकपा (क्रान्तिकारी माओवादी)को बाँके बर्दियाले संयुक्त रुपमा आयोजना गरेको मोदीको भ्रमण विरुद्धको विरोध कार्यक्रम तथा मोदीको पुत्ला दहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गरी बाँकेका पार्टी सेक्रेटरी अर्जुनसहित चार जना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।
गिरफ्तार गरिएकामा बर्दिया जिल्ला सचिवालय सदस्य तथा युवाका प्रदेश नम्बर ५ का संयोजक भुकम्प, मजदुर नेता विराट, युवा नेता विशाल शाही लगायत रहेका रहेका छन् । कालो झण्डा, व्यानरसहित गरिएको विरोध प्रदर्शनमा मोदीको पुत्ला दहन गरिएको थियो । कार्यक्रममा बाँके बर्दिया इन्चार्ज संकुल, बर्दिया सचिव लोकेश लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।