प्रहरी हिरासतमै विध्यार्थी नेताहरुको अनसन, स्वाथ्य विग्रिएपछि चार जना अस्पताल भर्ना

प्रहरी हिरासतमै विध्यार्थी नेताहरुको अनसन, स्वाथ्य विग्रिएपछि चार जना अस्पताल भर्ना

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा रिले अनसनमा बसेका नेकपा (क्रान्तिकारी माओवादी) निकट विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेताहरुलाई शुक्रबार प्रहरीले गिरफ्तार गरेपछि विध्यार्थी नेताहरुले हिजोदेखि नै प्रहरी हिरासत भित्रै अनसन बसिरहेका छन् ।

अनसनरत विध्यार्थी नेताहरुमध्ये संघर्ष दहाल, विनोद केसी, हेमराज शर्मा, सुरज आचार्यको स्वास्थ्य अवस्थामा विग्रिएपछि उपचारको लागि कीर्तीपुर अस्पतालमामा भर्ना गरिएको छ । प्रहरीले अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा काठमाडौं जिल्ला संयोजक महेश श्रेष्ठसहित नौं जना विध्यार्थी नेताहरुलाई त्रिभूवन विश्वविध्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर परिसरबाट प्रहरीले गिरफ्तार गरेको थियो । उनीहरुलाई कीर्तिपुरको प्रहरी कार्यालयमा राखिएको छ । विद्यार्थी नेताहरुले नाकाबन्दी लगाउने मोदीले माफी माग्नुपर्ने, राष्ट्रघाती सन्धि सम्झौताहरु खारेज गर्नुपर्ने, अतिक्रमित भू–भाग फिर्ता गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।