सुन तस्करसँग जम्काभेट

सुन तस्करसँग जम्काभेट

सबै खबरलाई ओझेलमा पार्दै नेपाली पत्रकारितामा अहिले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डले प्रमुखता पाएको छ । नेपाल प्रहरीका माथिल्लादेखि तल्लोतहका कर्मचारीको संलग्नता सुनको व्यवस्थापक भनिएका सुन तस्कर चुडामणि उप्रेती उर्पm गोरेसँग रहेको रहस्य खुलेको छ । बहालवाला एसएसपी, एसपी, डिएसपी, सई र प्रहरी जवान तथा अवकाश पाएका डिआइजीसहित सुन तस्करीका लगानीकर्ता योजनाकार र सहयोगीसहित ६३ जनालाई अभियुक्त बनाउँदै जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गराएको छ । हल्लैहल्लाको देशलाई यस घटनाले जरैदेखि हल्लाएको छ । लहराले पहरा र पहराले पहाडै ढाल्ने त होइन ? त्यस्तो शंका उत्पन्न गराएको छ । भ्रष्टाचार, चोरी, तस्करी निरन्तर हुँदै आएको र विगतमा पञ्चायतकालमा पनि थाहा लागेको हो । संयोगले अहिले संगठित अपराधको ठूलो सञ्जाल फेला परेको छ । यो नयाँ सरकार, नयाँ प्रहरी नेतृत्वको तस्करहरुसँगको जम्काभेट हो ।

नेपाल गरिब छ, नेपाली निर्धन छ तर आकांक्षा दर्बिलो छ । सुन यहाँको संस्कृतिसँग जोडिएको धातु हो । पूँजा–अनुष्ठान, जिन्दगी, मृत्यु सबै संस्कारमा सुन चाहिन्छ । देवी–देवताको मन्दिरको सुनको जलप भएको छाना, भगवानलाई सुनको आसन, सुनको मुकुट, मर्दा, सुन चोख्याउँदा सुनपानी, ठूलाठालुको आंैलामा सुनको औंठी, सम्भ्रान्त घरानियाँ महिलाको गलामा सुनको नेकलेस, नारीमा सुनको बाला, राज्यकोषको गारेन्टी सुन । सुन बिना त सबै शून्य । मान्छेभन्दा सुनको मूल्य माथि । सुनै सुनको संस्कृती छ, तर सर्वसाधारण जनता बुङ्गो छ ।

तस्करी–चोरी किन मौलायो ? जब सुगम मार्ग प्रयोग गरेर कुनै वस्तु प्राप्त हुँदैन अनि अप्ठेरो बाटो रोज्ने न हो । त्यो नि यसै समाजको सदस्यले आवश्यकता महसुस गरेकोले हो । यदि त्यस्तो नभईदिएको भए बिनालाभ कसले र किन गथ्र्याे त्यस्तो जोखिमयुक्त धन्धा ? यो समाजलाई वर्गीय समाज भनिन्छ । एउटा वर्ग काम गर्छ, दुःखले जीवन धान्छ । उसको आवश्यकता सीमित छ । अर्काे वर्ग सम्पन्न छ । आपूm श्रम गर्दै, अर्काको श्रम शोषण गर्छ तर त्यत्तिले पनि त्यो सन्तुष्ट छैन । त्यसको आकांक्षा र आवश्यकता असीमित छ । त्यही वर्गको सन्तुष्टिको निम्ति वैध अवैध व्यापार व्यवसायको धन्धा हुने गर्छ । त्यसैले माफिया, तस्करीजस्ता अवैध धन्धाको जन्म दिने, विकसित पार्दै लैजाने पुँजीपति वर्ग हो । अहिले माफिया, तस्करको सञ्जाल विश्वव्यापी छ । सबै क्षेत्रमा त्यसको पहुँच छ । उसको आवश्यकताअनुसार उसले राजनीतिक, गैरराजनीतिक जुनसुकै घटना गराउन सक्छ । अण्डरवल्र्डका नाइकेहरुविरुद्ध रेडकर्नर नोटिश जारी भएको सुनिन्छ, तर गिरफ्तारीमा परेको सुनिन्न । के इन्टरपोल त्यति कमजोर छ ? होइन । नेपाल प्रहरी पनि कमजोर छैन तर उच्चस्तरको बहालवाला प्रहरी अधिकृत नै तस्करीको काममा स्कर्टिङ गर्छ भने के लाग्छ ? अण्डरवल्र्डको स्थिति त्यस्तै छ ।

माफिया योजनाभित्रै तेस्रो विश्वयुद्धको लागि अमेरिकालाई उचाल्ने काम भयो भने कुनै अचम्म मान्नुपर्ने छैन । सिरियाको रासायनिक हतियार मुद्दा छँदैछ । अर्काे जैविक हतियार थप पुग्छ । तेल र सप्लाई मार्गमा अमेरिकाले चाहेको एकलौटी आधिपत्यको योजना पूरा भयो भने अमेरिकी नजरबाट आतंकवाद र माफिया सबै चोखिन्छ । अमेरिकाले लागुऔषध र हतियार नियन्त्रण गर्न संसारलाई दवाव दिन्छ तर संसारका आपराधिक घटनाहरुमध्ये अधिकांशमा अमेरिकी हतियार प्रयोग हुने गर्छन् । अमेरिकाले आतंकवादको विरोध गर्छ तर तिनै आतंककारीले अमेरिकी हतियार प्रयोग गर्छन् । लागुऔषधको व्यापारमा भूमिगत अमेरिकी व्यापारी हुने गर्छन् । पश्चिमी पुँजीवादी देशमा लागुऔषधीका माग नभए अर्बाैका धन्धा चल्ने थिएन । पुँजीवादी समाजका एउटा जटिल समस्या स्वेतवस्त्रधारी अपराध हो । सार्वजनिक रुपले उच्चपदमा आसीन व्यक्ति वा भद्र आदर्शवादी देखिने मान्छे अपराधिक धन्धामा जोडिएका हुन्छन् । पश्चिमी पुँजीवादी समाज व्यक्तिवादी समाज हो । व्यक्तिको हित र स्वार्थ बाहेक सामाजिक हितको चिन्ता दोस्रो नम्बरमा पर्छ । व्यक्ति आफ्नो हितको निम्ति अन्तरमुखी हुन्छ ।

भारतमा ब्रिटिश उपनिवेशपछि र दलालीको अभ्यासपछि नैतिक स्खलनले भारतमा त्यस प्रकारको अपराधिक मानिसकताको विकास ग¥यो । नेपालको सामन्ती व्यवस्थाले चाकडी प्रवृत्तिलाई महत्व दियो तर उसको काम र कर्तव्यप्रति बढी सतर्क पार्ने गरेकोले सरकारी सेवामा रहेका व्यक्ति मात्र मालिकका आज्ञाकारी थिए । सामन्ती दासत्वले गर्दा नेपाली समाज कुण्ठित अवश्य थियो, तर आपसी सहयोग र सद्भावमा चल्ने सरल समाज थियो । यद्यपि हिन्दू धर्मले केही विभेद उत्पन्न गराएको थियो ।

००७ सालमा राणा शासनको अन्त्य भयो तर सामन्ती व्यवस्था यथावत नै रह्यो । ०१५ सालको नियन्त्रित संसदीय निर्वाचनपछि थोरै खुलापन आए पनि शासकीय प्रवृत्ति नयाँ प्रकारले देखा प¥यो । सामन्ती र दलाल पुँजीपतिवर्गको शासन प्रारम्भ भयो । थोरै अधिकारको कुरा गर्ने वातावरण बन्न थाल्यो, तर राजा महेन्द्रद्वारा ०१७ सालमा नियन्त्रित संसदीय व्यवस्थाको विघटनपछि ३० वर्षसम्म राजा र पञ्चायतबाहेक कुनै राजनीतिक संस्था रहेन । पञ्चायतकालमा तस्कर सञ्जाल नेपालका राजकीय संयन्त्रमा प्रवेश पाइसकेको थियो । लाग्छ, दरबारको पनि केही लगाव थियो होला । त्यसताका केही रापसले बैंककबाट सुन बोकेर त्रिभुवन रहोस् भन्सार चेकजाँचमा पक्रिएको अवैध सुनको केही अर्थ लिलामी गरिन्थ्यो भने केही भाग राष्ट्रबैंक र दरबारमा पढाउने चलन थियो भन्ने कुरा जानकार सूत्रबाट थाहा पाइएको छ । अहिले दरबार छैन । सुन नेपालभित्र पस्नेक्रम बढको छ, तर त्यो कहाँ जान्छ ? त्यसको गन्तव्य नेपाली नै हो कि ट्रान्जिट प्वाइन्ट हो ?

०४६ सालको जनआन्दोलनपछि शासन व्यवस्थामा केही रुप परिवर्तन भयो । बहुदलीय संसदीय व्यवस्था भनेर संवैधानिक राजतन्त्र र संसदीय चुनावद्वारा प्रधानमन्त्रीको नेतृत्वमा सरकार बन्ने भयो तर सत्ताको प्रकृति उही रह्यो । दरबार र संसदका मान्छे मिलेर शासन गरे । त्यो दशकमा चोरी, तस्करी हत्या, भ्रष्टाचार, लुट, बलात्कारजस्ता घटनाहरु धेरै नै भए । लाग्छ, दरबारभित्रको गोप्य अवैध धन्धा सत्ता साझेदारीसँगै नेताहरुमा सर्दै तल तल पुग्न थाले । अब त सिंहदरबार गाउँ–गाउँमा पुगेपछि त्यसको गुणदोष गाउँ–गाउँमा व्याप्त हुँदै जानु स्वाभाविक छ । व्यवस्थासँगै विकास हुने जनताको प्रवृत्ति पनि हो । कुशासन भनेको अव्यवस्थित शासन हो भने सुशासन शासकको हित सुरक्षा गर्ने व्यवस्थित शासन बुझ्नुपर्दछ ।

उत्पीडित जनताले स्वशासनसँग चाहेको छ, जो अहिलेको संघीयभित्र छैन । यो व्यवस्थाअन्तर्गत यस्तै विकृतिहरु मौलाउने हो । गतकालमा गरिएको तीन तहको निर्वाचनमा देखिएका विकृति, विसंगति त साँच्चिकै उत्कृष्ट संविधानकै भावनाअनुरुप थिए । निर्वाचन आयोगले नाम मात्रको आचारसंहिता प्रकाशित ग¥यो । लागू नै गर्नु परेन र राजनीतिमै नलागेको व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउनु, लाखौं करोडौंको खर्च गरेर चुनाव जित्नु चमत्कार भएन ?

नीति र आदर्श पछ्याउने पार्टीका नेता हार्दै जानु अनि भोट किन्न नोट बर्षा र भोजभतेर गर्नेले जित्नु कस्तो रमाइलो चुनाव ! के चुनावमा बाँडिएको पैसाको यथार्थ हिसाब छ ? निर्वाचन आयोगलाई देखाइएको खर्चबाहेकका खर्च रकम स्वतः अवैधानिक छ । के बाँडिएको पैसाको कर तिरिएको छ ? कहाँबाट कसले सहयोग गरे त्यति विशाल राशि ? केही अपवादबाहेक कतिले स्रोत खुलाउन हिम्मत गर्न सक्छ ? हो, यहींनेर शंकाले शीर ठाडो गर्छ । कतै त्यसमा कुनै सञ्जालको चलखेल त छैन ? म चाहन्छु यो शंका निराधार साबित होस् ।