दृश्यमा यस्तो देखियो क्रान्तिकारी युवा लिगको “युवा मार्चपास” (फोटोफिचर)

दृश्यमा यस्तो देखियो क्रान्तिकारी युवा लिगको “युवा मार्चपास” (फोटोफिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले काठमाडौंमा ‘युवा मार्चपास’ सम्पन्न गरेको छ । लिगको ३ नं. प्रदेश कमिटिको आयोजनामा सम्पन्न गरिएको मार्चपासमा उपत्यका लगायत ३ नं. प्रदेशअन्तर्गतका जिल्लाहरुबाट ठूलो संख्यामा युवाहरु सहभागी भएका थिए । ‘वृहत् जागरण तथा युवा मार्चपास’ नाम दिइएको मार्चपासमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, स्थायी समिति सदस्य रामसिंह श्रीस, पिविएमहरु सागर, बसन्त, एसटी, प्रभाकिरणलगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।

रत्नपार्कको खुल्लामञ्चबाट सुरुभएको क्रान्तिकारी युवाहरुको उक्त मार्चपास जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, सुन्धरा, न्यूरोड हुँदै इन्द्रचोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’, नेता गजुरेल, श्रीस, क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जन‘आकाश’ लगायतले सम्बोधन गर्नुभएको थियो । पार्टी केस तथा लिगका ३ नं. प्रदेशका इन्चार्ज बसन्त बोगटीले अध्यक्षता गरेको सभाको संचालन लिगको ३ नं. प्रदेश संयोजक केशव ढलकोटीले गर्नुभएको थियो ।

हाम्रा सहर्मीहरु जय दाहाल, अमित योञ्जन, प्रकाश भण्डारीले लिगको युवा मार्चपासको क्रममा क्यामेरामा कैद गरेका दृश्यहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।