काठमाडौं, वैशाख १३ । सेल्फी फोटोग्राफीको लागि उपयोगी मानिदै आएको स्मार्टफोन कम्पनी ओपोले आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सहितको फिचर भएको नयाँ स्मार्टफोन ‘एफ सेभेन’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
नेपाली ४६ हजार ५ सय ९० रुपैंया मूल्य तोकिएको यस फोनमा ६४ जीबी इन्टरनल मेमोरी, ४ जीबी ¥याम रहेको छ । अप्रिल २५ मा सार्वजनिक गरिएको मोबाइल नेपाल भर सोलार रेड, मुनलाईट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन रंगका विकल्प सहित उपलब्ध हुन कार्यक्रम मार्फत जानकारी दिइएको छ ।
एफसेभेनमा रियल टाइम हाइ डायनामिक रेञ्ज (एचडीआर) सेन्सर सहितको २५ मेगापिक्सलको फ्रण्ट क्यामेरा प्रयोग गरिएको छ । फसेवेनबाट खिचिएका तस्विर राम्रो गुणस्तर भएका डिजिटल क्यामेराबाट खिचिएका तस्विर झैँ विस्तृत विवरण र उच्च गुणस्तरका हुन्छन् । यसले प्रयोगकर्तालाई हरेक परिस्थितीमा राम्रा तस्विर सहजरुपमा लिन सघाउँने कम्पनीको दावी छ । उमेर र लिंगका आधारमा ब्यूटिफिकेसन ईफेक्ट प्रदान गर्ने एआई ब्युटी २.० सहितका एचडीआर तस्विरले सेल्फी प्रेमीहरुलाई बृहत समेद्ध अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ ।