काठमाडौं, वैशाख १३ । ३३ किलो सुन प्रकरणमा अनुसन्धानको क्रममा बयान दिँदादिँदै सम्पर्कबिहीन भएका डिएसपी सञ्जय राउत सम्पर्कमा आएका छन् ।
महानगरीय प्रहरी बृत सिंहदरबारको सम्पर्कमा आज बिहानमात्रै (बिहीबार) उनी सम्पर्कमा आएका हुन् । डिएसपी राउतलाई आजनै बयानको लागि गृह मन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ ।
सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरिएको थियो । बुधबार गृह मन्त्रालयमा राउतलाई बयानका लागि बोलाइएको थियो । बयान दिँदादिँदै उनी एकाएक सम्पर्कबिहीन भएपछि प्रहरी प्रधान कार्यालयले ७७ जिल्लाका प्रहरी कार्यालयलाई खोजीका लागि सर्कुलर जारी गरेको थियो । डिएसपी राउत इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत छन् ।
३३ किलो सुन प्रकरणमा मंगलबार समितिले एसपी बिकासराज खनाललाई पक्राउ गरेको थियो । खनाललाई बुधबार विराटनगर लगिएको छ ।