आजबाट बजारमा ५ सयको नयाँ नोट, एउटा मात्र पाटेबाघ हुने

आजबाट बजारमा ५ सयको नयाँ नोट, एउटा मात्र पाटेबाघ हुने

काठमाडौं, वैशाख १२ । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आजबाट रु ५ सयको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै वैशाख १२ गतेबाट रु ५ सयको नयाँ नोट चलनलल्तीमा ल्याउन लागेको जानकारी दिएको छ ।

विभागकाअनुसार साविककै आकार तथा रङमा आउने नयाँ नोटमा साविकको २ वटा पाटेबाघको सट्टा एउटामात्रै पाटे बाघको चित्र हुनेछ । साथै बैंकले यसअघि प्रयोगमा आएका नोटहरु पनि यथावतरुपमा चलन चल्तीमा रहेको जनाएको छ ।