एजेन्सी । चिनियाँ स्मार्टफोन कम्पनी हुआवेले तीनवटा मुख्य क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन भारतमा लञ्च गरेको छ । हुआवे पी २० प्रो नाम दिइएको उक्त स्मार्टफोनको मूल्य भारतीय बजारमा ६४ हजार ९९९ भारु तोकिएको छ । यो स्मार्टफोन भारतीय बजारमा पहिलो लञ्च हुने सबैभन्दा महंगो स्मार्टफोन पनि बनेको छ ।
यस्तो छ हुआवे पी २० प्रोका फिचर्सहरुः
१. ट्रिपल रियर क्यामराः स्मार्टफोनको सबैभन्दा उल्लेखनीय फिचर ट्रिपल रियर क्यामरा नै हो । लेइका लेन्सयुक्त तिनवटा मुख्य क्यामरा यसमा रहेका यस फोनमा २० मेगापिक्सेलको मोनोक्रोम सेन्सर, ४० मेगापिक्सेलको आरजीबी सेन्सर र ८ मेगापिक्सेलको टेलिफोटो सेन्सरयुक्त छन् । एपर्चरको कुरा गर्नुपर्दा क्रमशः F/1.6, F/1.8, F/2.4 रहेको छ । यो स्मार्टफोनको क्यामरा ९६० फ्रेम प्रतिसेकेण्डको हिसाबले स्लो मोसन भिडियो पनि खिच्न सक्दछ ।
२. फुल भ्यू डिस्प्लेः पि २० प्रोमा ६ इन्चको फूल एचडी प्लस ओएलइडी स्क्रिन रहेको छ । यस फुलभ्यु डिस्प्लेमा सबैभन्दा माथिल्लो भागमा सेन्सर र सेल्फी क्यामरा रहेको ‘नोच’ छ ।
३.अपरेटिंग सिस्टमः यो स्मार्टफोनमा सबैभन्दा पछिल्लो भर्सनको एन्ड्रोइड अपरेटिंग सिस्टम रहेको छ । यसमा एन्ड्रोइड ओरियो अपरेटिंग सिस्टम उपलब्ध छ ।
४. सेल्फी क्यामराः यो स्मार्टफोनको अर्को धमाकेदार विशेषता भनेको यसको २४ मेगापिक्सेलको सेल्फी क्यामरा पनि हो । उक्त क्यामरामा ब्युटिफिकेसन, थ्री डी लाइटिंग लगायतका फिचर उपलब्ध छन् ।
५. स्थानीय प्रोसेसरः यो स्मार्टफोनमा कम्पनीले आफैद्वारा उत्पादित प्रोसेसरको प्रयोग गरेको छ । यसमा किरिन ९७० अक्टाकोर प्रोसेसरको प्रयोग गरिएको छ । यो स्मार्टफोन ६ जिबी र्याम क्षमताको छ, जुन धेरै भन्दा धेरै एप्लिकेसनलाई थेग्न पर्याप्त हुनेछ ।
६. स्टोरेजः यो स्मार्टफोनमा १२८ जिबी इन्टर्नल मेमोरी उपलब्ध छ । जुन अन्य नाम चलेका स्मार्टफोनमा भन्दा धेरै हो ।
७. ब्याट्रीः यो स्मार्टफोनमा ४ हजार एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । जुन ग्यालेक्सी एस नाइन प्लसको भन्दा पनि क्षमतावान हो ।
८.फिंगरप्रिन्ट सेन्सरः डिस्प्लेको तल्लो भागमा अगाडिपट्टि फिंगरप्रिन्ट सेन्सर राखिएको छ । यो स्मार्टफोन ब्लाक, ट्विलाइट, पिंक गोल्ड र मिडनाइड ब्लू गरी चार रंगमा उपलब्ध छ ।