मलेरिया कसरी लाग्दछ, यसको लक्षण र जोगिने उपाय के ?

मलेरिया कसरी लाग्दछ, यसको लक्षण र जोगिने उपाय के ?

काठमाडौं, वैशाख १२ । सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टे टोकाइबाट सर्दछ ।प्लामोडियम भाइवेक्स, प्लामोडियम मलेरी, प्लाज्मोडिम ओभेल र प्लाज्मोडिम फास्सिपारम गरी चार जातका परिजीविबाट यो रोग लाग्ने गर्दछ ।

प्लाज्मेडियम फाल्सीफारम जातको औँलोले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले मानिसको ज्यान जाने जोखिम रहन्छ । एनोफिलिज जातको पोथी लामखुट्टेको स्वस्थ्य मान्छेलाई टोक्दा मलेरियाको परजीवि सर्दछ ।

मानिसको शरीरमा प्रवेशपछि कलोजो र राता रक्तकोषमा विकास भईरगतको माध्यमबाट शरीरको विभिन्न भागमा भर फैलिन्छ र मानिसमा विभिन्न खालका लक्षण देखा पर्दछ । समयमै मलेरियाको उपचार भएन भने छोटो समयमै ज्यान पनि जान सक्छ ।

के हुन् त औलोको लक्षण ?
–संक्रमित लामखुट्टेले टोकेको १० देखि १५ दिन सम्म ज्वरो आउनु

–टाउको दुख्नु, वान्ता हुने, जोर्नी दुख्ने

–शरीरमा रगतको मात्रा कम हुने

–शरीरका भित्री अंग सुनिने

–थकित महसुस हुने

निदान तथा उपचार
–मलेरियाको शंका लागेमा रगत परीक्षण गरी मलेरिया भए नभएको पत्ता लगाउन सकिन्छ ।

–नेपाल सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क हुन्छ ।

–औलोको जोखिमयुक्त क्षेत्रमा वर्षको २ पटक लामखुट्टे बढी लाग्ने समयमा घरभित्र विषादी छर्किनु पर्छ ।

–घर, गाउँ र समुदाय सफा राखी लामखुट्टाले फुल पार्नै स्थानहरुलाई नष्ट गर्नुपर्छ ।

–सुत्नेबेला झुलको प्रयोग अनिवार्य रुपमा गर्नुपर्छ ।

सन् २०२५ सम्ममा औलो मुक्त नेपाल बनाउने सरकारको लक्ष्य रहेको छ । जसका लागि सरकारले औलोको जोखिममा रहेका समुदाय तथा स्वास्थ्यकर्मीलाई औलोबारे जानकारी तथा क्षमता अभिबृद्धि गर्ने अभियान गर्ने तयारीमा रहेको छ । सरकारले औलो रोगीको संख्या सन् २०२२ सम्ममा शून्यमा पु¥याउने र त्यसलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।

इपिडिमोलोजि तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ स्वास्थ्य प्रशाषक डा. विवेक कुमार लालका अनुसार सन् २०१८ देखि २०२२ सम्ममा स्थानीय स्तरमा औलो रोग ९० प्रतिशतले घटाउने लक्ष्य छ ।

विश्वव्यापी रुपमै औलो रोग जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । सन् २००८ देखि अप्रिल २५ मा विश्व औलो दिवश मनाईंदै आइएको छ ।