देजमोको जिल्ला सम्मेलनको तयारीमा चितवन

देजमोको जिल्ला सम्मेलनको तयारीमा चितवन

चितवन । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल चितवनले २९ औं जनआन्दोलन दिवसको अवसर पारेर जिल्लाको प्रथम सम्मेलनको तयारी गरेको छ । २९औं जआन्दोलन दिवस अर्थात शनिबार हुने सम्मेलनको उद्घाटन मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले गर्नुहुने भएको छ ।

प्रथम जिल्ला सम्मेलनको तयारी पुरा भएको देजमो चितवनले जनाएको छ । सम्मेलनलाई लक्षित गरी मोर्चाले जिल्लाका विभिन्न स्थानमा संगठन निर्माणलाई तीव्र बनाएको छ ।

प्राप्त समाचार अनुसार मोर्चाको एक भेलाले बिहीबार भरतपुर महानगरपालिका वडा न. १४ मा शेर ब. बिकको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटि गठन गरेको छ । मोर्चाका जिल्ला संयोजक अशोक शर्मा र पार्टी ३ नं. प्रदेश सदस्य बिपिनको उपस्थितिमा सम्पन्न भेलाले उक्त कमिटिको सचिवमा लक्षमण सापकोटा र सदस्यहरूमा लिलानाथ आचार्य , विक्रम महतो, विष्णु प्रसाद सुवेदी , नन्दलाल काफ्ले , भरतमणी गौतम , राजेन्द्र काफ्ले लगायतलाई चयन गरेको छ ।