पार्टी एकताको आधार तयार पार्दे जाने चार वामको सहमति

पार्टी एकताको आधार तयार पार्दे जाने चार वामको सहमति

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), माहेनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बिच पार्टी एकताको आधार तयार पार्दे जाने सहमति भएको छ ।

हालै सम्पन्न चार पार्टीको बैठकले यस्तो सहमति गरेको नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक व्यक्तव्य जारी गर्दै प्रष्ट पार्नुभयो ।

बैठकमा पार्टी एकताका लागि आधारहरु तयार पार्न छलफल र बहस गर्दै जाने र सहमति भएका विषयमा संयुक्त आन्दोलन गर्ने निर्णय भएको छ । राष्ट्रियता र जनजीविकाका विषयमा तत्कालै बैठक बसि आन्दोलनका कार्यक्रम ठोस गर्ने पनि सहमति भएको छ । यी पार्टीहरुले केही समय अघि देखिनै पार्टी एकतालाई लक्षित गर्दै निरन्तर छलफल चलाउँदै आएका छन् ।