हुम्ला, चैत ८ । हुम्लामा गएरातिदेखि एक्कासि हिमपात भएको छ । हिमपातका कारण जनजीवन प्रभावित भएको छ भने नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज सेवा समेत बन्द भएको छ ।
हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ भने हिमपातपछि किसानहरु भने बालीनाली सप्रिने आशले उत्साहित देखिएको छ ।