माक्र्सवाद–लेनिनवाद–माओवाद : जिन्दावाद !


(क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) विश्वभरिका माओवादी कम्युनिस्ट क्रान्तिकारीहरूको केन्द्रबिन्दुका रूपमा रहेको थियो र चौथो ‘अन्तर्राष्ट्रिय’ निर्माणको दिशामा गम्भीरतापूर्वक अग्रसर थियो परन्तु पछिका दिनमा खास गरेर ‘कोरिम’ को महत्वपूर्ण सदस्य नेकपा (माओवादी) को मूल नेतृत्वले मालेमा र जनयुद्धप्रति गद्दारी गरेपछि र अर्को सदस्य आरसिपी, अमेरिकाले अभाकियनको विसर्जनवादी चिन्तनमा आधारित ‘न्यु सिन्थेसिस’ का आधारमा अबको नयाँ क्रान्तिकारी केन्द्र निर्माण हुनुपर्छ भनेर जिद्दी गरेपछि अहिले पहिलेको ‘रिम’ अघोषित रूपमा विघटन भएको छ र संसारभरिका माओवादी क्रान्तिकारीहरू अबका दिनमा अबको स्थितिअनुसारको क्रान्तिकारी केन्द्र निर्माणको अभियानमा जुट्नु आवश्यक छ भनेर लागेका छन् ।
अहिले जेजस्तो स्थितिमा रहे पनि ‘रिम’ को गठन महान् ऐतिहासिक कदम थियो । साम्राज्यवादीहरूले “साम्यवादको अन्त्य” को होहल्ला गरिरहेको समयमा माओ शतवार्षिकीको सन्दर्भ पारेर ‘रिम’ ले सन् १९९३ मा माओवादको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै ‘माक्र्सवाद–लेनिनवाद–माओवाद ः जिन्दावाद !’ शीर्षकमा एउटा दस्ताबेज प्रकाशित गरेको थियो । यसै दस्ताबेजमार्फत ‘रिम’ ले माओका योगदानहरूलाई माओवादका रूपमा संश्लेषण गरेको हो । प्रस्तुत छ ऋषिराज बरालले अङ्ग्रेजीबाट गर्नुभएको सो दस्ताबेजको नेपाली अनुवाद ।)

प्राक्कथन
शोषण, उत्पीडन र साम्राज्यवादरहित विश्वका निम्ति, एउटा यस्तो संसार–जहाँ समाजका वर्गहरूको विभाजनको अन्त्य हुनेछ, त्यस्तो भावी साम्यवादी विश्वका निम्ति लडाइँलाई अघि बढाउन प्रतिबद्ध विश्वभरिका माओवादी क्रान्तिकारीहरूको सन् १९८४ मा भएको केन्द्रीय भेलाले ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ (रिम)को स्थापना गरेको थियो । हाम्रो आन्दोलन गठन भएदेखि हामी निरन्तर अघि बढिरहेका छौँ र आज माओ शतवार्षिकीका उपलक्षमा आफ्नो जिम्मेवारीको गम्भीर अनुभूतिसहित हामी अन्तर्राष्ट्रिय सर्वहारा वर्ग तथा विश्वका उत्पीडित जनसमुदायसमक्ष हाम्रो पथप्रदर्शक विचारधारा माक्र्सवाद–लेनिनवाद–माओवाद हो भनेर घोषणा गर्दछौँ ।

हाम्रो आन्दोलन माक्र्सवादी–लेनिनवादी पार्टी तथा सङ्गठनहरूको सन् १९८४ मा सम्पन्न दोस्रो सम्मेलनद्वारा पारित ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ को घोषणापत्रका आधारमा गठन भएको हो । घोषणापत्रले सर्वहारावादी क्रान्तिकारी विचारधारालाई आत्मसात गरेर तथा त्यसका आधारमा विश्वस्तरमै विभिन्न देशका क्रान्तिकारी कम्युनिस्टहरूको काम, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास तथा अन्य थुप्रै महत्वपूर्ण प्रश्नहरूका सम्बन्धमा मूलतः सही धारणा प्रस्तुत ग¥यो । आज हामी घोषणापत्रलाई हाम्रो आन्दोलनको ठोस जगका रूपमा पूर्ण सहमति व्यक्त गर्दछौँ–जसको आधारमा हामीले नयाँ स्पष्टता र आफ्नो विचारधाराको गहन बुझाइ तथा हाम्रो आन्दोलनको अझै ठोस एकताको निर्माण गरिरहेका छौँ ।

घोषणापत्रले “माक्र्सवाद–लेनिनवादको विज्ञानलाई माओ–त्से तुङद्वारा गुणात्मक विकास गरिएको” तथा यसलाई “एउटा नयाँ चरण” मा विकसित गर्नुभएको कुराप्रति सहमत भएर यसलाई ठीक ढङ्गले जोड दिएको छ । जे भए पनि, घोषणापत्रमा माक्र्सवाद–लेनिनवाद–माओ त्से तुङ विचारधारा पदावलीको प्रयोगले यो नयाँ चरणसम्बन्धमा हाम्रो अपर्याप्त बुझाइलाई प्रतिबिम्बित गरेकै हो । विगत ९ वर्षमा हाम्रो आन्दोलन माओ त्से तुङद्वारा गरिएको माक्र्सवादको विकासलाई अझै पूर्णरूपले आत्मसात गर्न लामो, समृद्ध तथा विस्तृत छलफल र सङ्घर्षमा लागि नै रह्यो । यही अवधिमा हाम्रो आन्दोलनका पार्टी तथा सङ्गठनहरू तथा समग्र क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन नै साम्राज्यवाद तथा प्रतिक्रियावादका विरुद्ध क्रान्तिकारी सङ्घर्षमा लागि नै रहे । पेरू कम्युनिस्ट पार्टीद्वारा नेतृत्व गरिएको जनयुद्ध, जसले लाखौँको सङ्ख्यामा जनतालाई परिचालन गर्दै, देशका धेरै भागमा पुरानो राज्यसत्तालाई विस्थापित गरेर ती गाउँहरूमा मजदुर तथा किसानहरूको सत्ता स्थापना गर्न सफल भइरहेको छ, यस सन्दर्भमा हाम्रो सबैभन्दा महत्वपूर्ण अनुभव रहेको छ । सिद्धान्त र व्यवहारका यी अग्रगतिहरूले हामीलाई सर्वहारावादी विचारधारालाई अझै गहिरो गरी आत्मसात गर्न तथा त्यसका आधारमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई माक्र्सवादको नयाँ, तेस्रो, र उच्च चरणका रूपमा ठम्याउने दूरगामी कदम चालन सक्षम बनायो ।

माक्र्सवादको नयाँ, तेस्रो र उच्च चरण

माओ त्से तुङले क्रान्तिका महत्वपूर्ण प्रश्नहरूका सम्बन्धमा सम्पूर्ण शृङ्खलामा धेरै प्रस्थापनाहरूलाई विस्तार गर्नुभयो । तर माओवाद माओका महान् योगदानहरूको योगफल मात्र होइन । यो त माक्र्सवाद–लेनिनवादको नयाँ र उच्च चरणमा चौतर्फी एवम् समग्र विकास हो । माक्र्सवाद–लेनिनवाद–माओवाद अभिन्न समग्रता हो, यो सर्वहारा वर्ग एवम् मानवजातिकै वर्गसङ्घर्ष, उत्पादनका निम्ति सङ्घर्ष तथा वैज्ञानिक प्रयोगका अनुभवका आधारमा कार्ल माक्र्स, भि.आइ, लेनिन र माओ त्से तुङद्वारा नयाँ चरणहरू माक्र्सवादबाट माक्र्सवाद–लेनिनवादमा र त्यसबाट माक्र्सवाद–लेनिनवाद–माओवादमा संश्लेषित र विकसित गरिएको सर्वहारा वर्गको विचारधारा हो । यो अपराजेय हतियार हो,जसले सर्वहारा वर्गलाई दुनियाँ बुझ्न र क्रान्तिद्वारा त्यसलाई बदल्न सक्षम बनाउँछ । माक्र्सवाद–लेनिनवाद–माओवाद निरन्तर विकासमान तथा क्रान्ति सम्पन्न गर्न लागू गर्ने सन्दर्भका साथसाथै मानवजातिको ज्ञानको सामान्य प्रगतिसँगसँगै अझै समृद्ध बन्दै जाने, सार्वभौम रूपले लागू हुने सजीव र वैज्ञानिक विचारधारा हो । माक्र्सवाद–लेनिनवाद–माओवाद सबै रूपका संशोधनवाद तथा जडसूत्रवादको दुस्मन हो । यो सम्पूर्णरूपले शक्तिशाली छ, किन भने यो सत्य छ ।

कार्ल माक्र्स

कार्ल माक्र्सले करिब १५० वर्षपहिले सर्वप्रथम क्रान्तिकारी साम्यवादी विचारको विकास गर्नुभयो । आफ्ना घनिष्ठ सहयोद्धा फ्रेड्रिक एङ्गेल्सको सहयोगका साथ वहाँले द्वन्द्वात्मक भौतिकवादको समग्र दार्शनिक पद्धतिको विकास गर्नुभयो र मानव इतिहासको निर्धारण गर्ने आधारभूत नियमहरू पत्ता

लगाउनुभयो ।

माक्र्सले राजनीतिक अर्थशास्त्रको विज्ञानको विकास गर्नुभयो, जसले सर्वहारा वर्गमाथि हुने शोषण र पुँजीवादी उत्पादन पद्धतिको अनुवांशिक अराजकता र अन्तर्विरोधको पर्दाफास ग¥यो । अन्तर्राष्ट्रिय सर्वहारा वर्गको वर्गसङ्घर्षसितको घनिष्ठ सम्बन्ध र उसले गर्ने सेवाका सन्दर्भमा कार्ल माक्र्सले आफ्नो क्रान्तिकारी सिद्धान्तको विकास गर्नुभयो । वहाँले पहिलो ‘अन्तर्राष्ट्रिय’ को गठन गर्नुभयो र एङ्गेल्ससित मिलेर “संसारका मजदुरहरू एक होऔँ” भन्ने महान् आह्वानसहितको कम्युनिस्ट घोषणापत्रको रचना गर्नुभयो । माक्र्सले राज्यसत्ता कब्जा गर्न सर्वहारा वर्गले गरेको पहिलो महान् प्रयत्न सन् १८७१ को पेरिस कम्युन र त्यसका शिक्षाहरूको सार खिच्ने कुरामा विशेष ध्यान दिनुभयो ।

वहाँले विश्वसर्वहारा वर्गलाई क्रान्तिद्वारा राजनीतिक सत्ता प्राप्त गर्ने र यो सत्ता सर्वहारा वर्गको अधिनायकत्वलाई समाजका विभिन्न वर्गहरूमा विभाजनको अन्त्य नहुँदासम्म सामाजिक अवस्थामा परिवर्तनका लागि प्रयोग गर्नुपर्ने ऐतिहासिक कर्तव्यबोधद्वारा सुसज्जित पार्नुभयो ।

माक्र्सले सर्वहारा आन्दोलनका अवसरवादीहरूका विरुद्धको सङ्घर्षको नेतृत्व गर्नुभयो, जसले मजदुरहरूको सङ्घर्षलाई विद्यमान दासतापूर्ण व्यवस्थालाई चुनौती नदिइकन मजदुरीको आधारमा मात्र कब्जा गर्न चाहन्थे ।

माक्र्सका अडान, धारणा र पद्धति मिलेर माक्र्सवाद बन्नपुग्यो र यसले सर्वहारा वर्गको विचारधाराको विकासमा पहिलो महान् चरणको प्रतिनिधित्व गर्छ ।

भि.आइ. लेनिन

भि. आइ. लेनिनले रसियाली सर्वहारावादी क्रान्तिकारी आन्दोलन तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादका विरुद्धको सङ्घर्षको नेतृत्व गर्ने सन्दर्भमा माक्र्सवादलाई सम्पूर्ण रूपले नयाँ चरणमा विकास गर्नुभयो ।

अन्य धेरै योगदानहरूसँगै लेनिनले पुँजीवादको उच्चतम र अन्तिम अवस्था साम्राज्यवादको विकासका रूपमा विश्लेषण गर्नुभयो । वहाँले विश्व साम्राज्यवादी शक्ति र उत्पीडित राष्ट्र र जनताको विशाल बहुमतमा विभाजित भएको कुरा देखाउनुभयो र साम्राज्यवादी शक्तिहरू संसारको आपसमा पुनर्विभाजनका निमित्त पटकपटक युद्धमा हाम फाल्न बाध्य हुने कुरा दर्शाउनुभयो । लेनिनले हामी बाँचिरहेको युगलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगका रूपमा व्याख्या गर्नुभयो । लेनिनले सत्ता कब्जा गर्न क्रान्तिकारी जनसमुदायको नेतृत्व गर्ने सर्वहारा वर्गको अपरिहार्य साधनका रूपमा नयाँ ढङ्गको राजनीतिक पार्टी—कम्युनिस्ट पार्टीको विकास गर्नुभयो ।

सबैभन्दा प्रमुखरूपमा पहिलेको जारशाही रूसमाथि सन् १९१७ को अक्टोबर क्रान्तिको विजयका निम्ति पहिलो पटक राजनीतिक सत्ता कब्जा गर्न र त्यसलाई सुदृढ गर्न तथा क्रान्तिकारी अधिनायकत्व लागू गर्न सर्वहारा वर्गको नेतृत्वका क्रममा लेनिनले सर्वहारा क्रान्तिको सिद्धान्त र व्यवहारलाई सम्पूर्ण रूपले नयाँ स्तरमा उठाउनुभयो ।

सर्वहारा क्रान्तिप्रति गद्दारी गरेका र पहिलो विश्वयुद्धमा आफ्ना साम्राज्यवादी मालिकहरूको रक्षा गर्न मजदुरहरूलाई आह्वान गरेका आफ्नो समयका दोस्रो ‘अन्तर्राष्ट्रिय’ का संशोधनवादीहरूका विरुद्ध लेनिनले जीवनमरणको सङ्घर्ष चलाउनुभयो ।

“अक्टोबरका बन्दुक” र लेनिनको संशोधनवाद विरोधी सङ्घर्षले सर्वहारावादी क्रान्तिसँग उत्पीडित जनसमुदायको सङ्घर्षलाई एकीकृत पार्दै कम्युनिस्ट आन्दोलनलाई विश्वव्यापी रूपमा अझै फैलायो र तेस्रो (अथवा कम्युनिस्ट) ‘अन्तर्राष्ट्रिय’ गठन भयो ।

लेनिनद्वारा गरिएको माक्र्सवादको चौतर्फी र समग्र विकासले सर्वहारावादी विचारधाराको विकासको दोस्रो महान् फड्कोको प्रतिनिधित्व गर्छ ।

लेनिनको मृत्युपछि जोसेफ स्टालिनले भित्री दुस्मनका साथै दोस्रो विश्वयुद्धका क्रममा साम्राज्यवादी अतिक्रमणकारीका विरुद्ध सर्वहारा वर्गको अधिनायकत्वको रक्षा गर्नुभयो र सोभियत सङ्घमा समाजवादी निर्माण र रूपान्तरणको कामलाई अगाडि बढाउनुभयो । स्टालिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवाद–लेनिनवादलाई सर्वहारावादी विचारधाराको विकासमा दोस्रो महान् चरणका रूपमा स्थापित गर्न लड्नुभयो ।

माओ त्से तुङ

माओ त्से तुङले दशकौँसम्म चिनियाँ क्रान्तिको नेतृत्व गर्दा, आधुनिक संशोधनवादका विरुद्ध विश्वव्यापी सङ्घर्ष गर्दा र मुख्य रूपमा पुँजीवादको पुनस्र्थापना रोक्न र साम्यवादको दिशामा सर्वहारा वर्गको अधिनायकत्व निरन्तर अघि बढ्न माक्र्सवाद–लेनिनवादमा विकास गर्नुभयो । वहाँले माक्र्सवादका तीन सङ्घटक अङ्गहरू—दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा महत्वपूर्ण विकास गर्नुभयो ।

माओले भन्नुभयो, “राजनीतिक सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ ।” जनयुद्धको आफ्नो सिद्धान्त र व्यवहारका क्रममा माओ त्से तुङले सर्वहारा वर्गको सैन्य विज्ञानलाई समग्र अरूपमा विकास गर्नुभयो । माओले युद्धमा हतियार होइन,जनता निर्णायक हुन्छन्, भन्ने कुरा सिकाउनुभयो । वहाँले युद्धमा प्रत्येक वर्गको आफ्नो विशिष्ट चरित्र, लक्ष र साधनसहितका विशिष्ट रूप हुने कुरा औँल्याउनुभयो । वहाँले सम्पूर्ण सैन्य तर्कहरूलाई “तिमी तिम्रो तरिकाले लड्छौ म मेरै तरिकाले लड्छु” भन्ने सिद्धान्तमा अभिव्यक्त गर्न सकिन्छ भनेर र सर्वहारा वर्गले क्रान्तिकारी जनसमुदायको पहलकदमी र उत्साह जगाउँने र त्यसमाथि भर पर्ने आफ्नो विशिष्ट सबल पक्षलाई उपयोग गर्न सक्ने सैनिक रणनीति र कार्यनीतिको विकास गर्नुपर्छ भनेर प्रस्ट पार्नुभयो ।

माओले आधारइलाका कब्जा गर्ने र क्रमिक रूपले राजनीतिक सत्ता कब्जा गर्ने नीति, जनसमुदायलाई जगाउने, जनताको सशस्त्र शक्तिको विकास गर्ने तथा उनीहरूको राजनीतिक छालझैँ विस्तार गर्ने कुराको पुँजी हो भन्ने कुरा स्थापित गर्नुभयो । वहाँले क्रान्तिकारी युद्धलाई अगाडि बढाउने कामको सेवाका लागि आधारइलाकाहरूमा क्रान्तिकारी रूपान्तरण गराउन र तिनीहरूलाई राजनीतिक, आर्थिक, सांस्कृतिक रूपले विकास गराउन जनसमुदायको नेतृत्व गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

माओले पार्टीले बन्दुकलाई नियन्त्रण गर्नुपर्दछ र बन्दुकलाई कहिल्यै पनि पार्टीमाथि नियन्त्रण गर्न दिनु हुँदैन भनेर सिकाउनुभयो । क्रान्तिकारी युद्ध सुरु गर्न र त्यसको नेतृत्व गर्न सक्षम साधनका रूपमा नै पार्टीको निर्माण गर्नुपर्छ । क्रान्तिकारी हिंसाद्वारा राजनीतिक सत्ता कब्जा गर्नु नै क्रान्तिको केन्द्रीय कार्य हो भनेर वहाँले जोड दिनुभयो । माओ त्से तुङको जनयुद्धको सिद्धान्त सार्वभौम रूपले सबै देशहरूमा लागु हुन्छ, यद्यपि यो प्रत्येक देशको ठोस परिस्थितिअनुसार नै लागू गर्नुपर्दछ र विशेषतः आजको संसारमा रहेका दुई आम प्रकारका देशहरू– साम्राज्यवादी देशहरू र उत्पीडित देशहरूका क्रान्तिकारी बाटोहरूलाई ध्यानमा राख्नुपर्छ ।

माओले साम्राज्यवादद्वारा उत्पीडित देशहरूमा क्रान्ति कसरी गर्ने भन्ने समस्याको समाधान गर्नुभयो । चिनियाँ क्रान्तिका निम्ति वहाँले देखाउनुभएको आधारभूत बाटोले क्रान्तिको सिद्धान्त र व्यवहारमा असीम योगदानको प्रतिनिधित्व गर्छ र साम्राज्यवादद्वारा उत्पीडित देशहरूको मुक्तिका निम्ति यो पथप्रदर्शक सिद्धान्त हो । यसको अर्थ हो— दीर्घकालीन जनयुद्ध, सङ्घर्षको मुख्य रूप सशस्त्र सङ्घर्ष र पार्टीको नेतृत्वमा जनताको सङ्गठनको मुख्य रूप सेनासहित गाउँबाट सहर घेर्नु, किसानहरूलाई मूलतः गरिब किसानलाई परिचालन गर्नु, कृषि क्रान्ति सम्पन्न गर्नु, कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी क्रान्ति पूरा गर्न साम्राज्यवाद,सामन्तवाद र नोकरसाही र पुँजीवादका विरुद्ध संयुक्त मोर्चा गठन गर्नु र सर्वहारा वर्गको नेतृत्वमा क्रान्तिकारी वर्गहरूको अधिनायकत्वको स्थापना क्रान्तिको पहिलो चरणको सफलता लगत्तैपछि समाजवादी क्रान्तिको आवश्यक तत्वका रूपमा गर्नु हो । माओले प्रत्येक देशको आ–आफ्नो विशिष्ट परिस्थिति र क्रान्तिको बाटोअनुसार क्रान्ति गर्न अपरिहार्य साधनका रूपमा पार्टी, सेना र संयुक्त मोर्चाका “तीन जादुगरी हतियार” को प्रस्थापना अघि सार्नुभयो ।

माओ त्से तुङले सर्वहारावादी दर्शन द्वन्द्वात्मक भौतिकवादको व्यापक विकास गर्नुभयो । विशेषरूपले अन्तर्विरोधको नियम, विपरीतहरूबीचको एकता र सङ्घर्षको नियम नै प्रकृति र समाजलाई परिचालित गर्ने आधारभूत पक्ष हुने भन्ने कुरामा वहाँले जोड दिनुभयो । वहाँले देखाउनु भयो कि हरेक चिजमा एकता र एकरूपता अस्थायी र सापेक्षित हुन्छ, जब कि विपरीतहरूका बीचको सङ्घर्ष निरन्तर र निरपेक्ष हुन्छ र यसबाट व्ग्यापक छलाङ र क्रान्तिकारी फड्को मार्ने स्थितिको विकास हुन्छ भनेर वहाँले प्रस्ट पार्नुभयो । वहाँले व्यवहारलाई सत्यको एक मात्र स्रोत र अन्तिम कसी दुवै हो भन्ने कुरामा र सिद्धान्तबाट क्रान्तिका व्यवहारमा फड्को मार्ने कुरामा जोड दिँदै, यो बुझाइलाई सिद्धान्त र व्यवहारका बीचको सम्बन्धको विश्लेषणमा दक्षतापूर्वक लागु गर्नुभयो ।

यस क्रममा माओले सर्वहारावादी सिद्धान्तको थप विकास गर्नुभयो । वहाँले उदाहरणका लागि “दुईको एकमा संयोजन”, को संशोधनवादी प्रस्थापनाका विरुद्ध “एकको दुईमा विभाजन” मा जोड दिँदै दर्शनशास्त्रलाई लाखौँलाख जनसमुदायमा लैजाने कुराको नेतृत्व गर्नुभयो ।

माओ त्से तुङले, “जनता र मात्र जनता विश्वइतिहास निर्माणका प्रेरक शक्ति हुन्” भन्ने बुझाइलाई थप विकास गर्नुभयो । वहाँले जननीतिसम्बन्धी मान्यतामा विकास गर्नुभयो ः “जनताका (छरिएका र अव्यवस्थित) विचारहरूलाई लिनु र तिनीहरूलाई केन्द्रीकृत (अध्ययनद्वारा केन्द्रित र व्यवस्थित विचारमा परिणत गरी) गरेर पुनः जनसमुदायमा जानु र ती विचारलाई जनताले आफ्नै नठान्दासम्म प्रचार र व्याख्या गर्नु र तिनलाई दरोसँग समात्नु, तिनलाई व्यवहारमा रूपान्तरण गर्नु र त्यस प्रकारका व्यवहारका सन्दर्भमा ती विचारको सहिपनाको परिक्षण गर्नु ।” माओले मानवीय गतिविधिका प्रत्येक क्षेत्रमा मानसिक संचेतना, गतिशील भूमिकासम्बन्धी बुझाइलाई थप विकास गर्दै यस किसिमको व्यापक सत्यमा जोड दिनुभयो— पदार्थ चेतनामा रूपान्तरण गर्न सकिन्छ र चेतनालाई पदार्थमा ।

माओ त्से तुङले खु्रस्चेवी संशोधनवादद्वारा नेतृत्व गरिएको आधुनिक संशोधनवादका विरुद्धको अन्तर्राष्ट्रिय सङ्घर्षको नेतृत्व गर्नुभयो । वहाँले आधुनिक संशोधनवादीहरूका विरुद्ध साम्यवादी वैचारिक एवम् राजनीतिक कार्यदिशाको रक्षा गर्नुभयो र सच्चा सर्वहारावादी क्रान्तिकारीहरूलाई संशोधनवादीहरूसँग (संशोधनवादीहरूसँग ः अनुवादक) सम्बन्ध विच्छेद गर्न तथा माक्र्सवादी–लेनिनवादी–माओवादी सिद्धान्तमा आधारित पार्टीहरूको विकास गर्न आह्वान गर्नुभयो ।

सोभियत रूसमा पुँजीवादको पुनस्र्थापना एवम् त्यहाँ समाजवादको निर्माणको क्रममा कमजोरी तथा सकारात्मक उपलब्धिका शिक्षाहरूको माओले गहन विश्लेषण गर्नुभयो । स्टालिनका महान् योगदानहरूको रक्षा गर्दै माओले स्टालिनका भूलहरूको पनि समीक्षा (?) गर्नुभयो । वहाँले चीनको समाजवादी क्रान्तिका अनुभवहरू तथा चिनियाँ कम्युनिस्ट पार्टीभित्र संशोधनवादी हेडक्वार्टरका विरुद्धको पटकपटकको दुई लाइन सङ्घर्षको समीक्षा गर्नुभयो । वहाँले समाजवादी समाजका अन्तर्विरोधहरू विश्लेषण गर्न भौतिकवादी द्वन्द्ववादलाई दक्षतापूर्वक लागु गर्नुभयो ।

माओले साम्यवादका निम्ति गरेको ऐतिहासिक सङ्घर्षमा सर्वहारा वर्गको नेतृत्व गर्न पार्टीले राजनीतिक सत्ता कब्जा गर्नु अनि त्यस क्रममा र पछि पनि अग्रदस्ताको भूमिका खेल्नुपर्छ भन्ने कुरा सिकाउनुभयो । वहाँले पार्टीले सर्वहारावादी क्रान्तिकारी चरित्रको रक्षा, यसअन्तर्गत पर्ने पुँजीवादी एवम् निम्न पुँजीवादी प्रभावका विरुद्ध सक्रिय विचारधारात्मक पुनसंस्कारद्वारा, आलोचना, आत्मालोचना तथा पार्टीमा अवसरवादी एवम् संशोधनवादी कार्यदिशाका विरुद्ध दुई लाइन सङ्घर्ष कसरी गर्ने भन्ने मान्यतालाई विकसित गर्नुभयो । माओले सिकाउनु भयो—एकपल्ट सर्वहारा वर्गले सत्ता कब्जा गरेर जब समाजवादी सत्ताको नेतृत्वदायी शक्ति बन्दछ, तब पार्टी र जनसमुदायका बीचको अन्तर्विरोध, पुँजीवाद र साम्यवादका बीचको सङ्क्रमणका रूपमा समाजवादी समाजका अन्तर्विरोधको केन्द्रीकृत अभिव्यक्ति हुनपुग्छ ।

माओ त्से तुङले सर्वहारा वर्गको राजनीतिक अर्थशास्त्रको, उत्पादन आफैँको अन्तर्विरोधी र बहुआयामिक भूमिकाको तथा समाजको राजनीतिक एवम् विचारधारात्मक संरचनासँग यसको अन्तरसम्बन्धबारेको बुझाइलाई विकसित गर्नुभयो । उत्पादन सम्बन्धमा स्वामित्वको पद्धति निर्णायक हो, तर समाजवादअन्तर्गत के कुरामा ध्यान दिनु आवश्यक पर्छ भने सार्वजनिक स्वामित्व–सारतत्वका साथै रूपमा पनि समाजवादी हुन्छ भन्ने कुरा माओले सिकाउनुभयो । वहाँले समाजवादी स्वामित्वको व्यवस्था र उत्पादन सम्बन्धमा अन्य दुई पक्ष–उत्पादन र वितरण व्यवस्थामा जनताका बीचको आपसी सम्बन्धका बीचको अन्तक्र्रियामा जोड दिनुभयो । समाजवादी समाजमा विचारधारात्मक र राजनीतिक कार्यदिशाको सहीपनाले उत्पादनका साधनमा सर्वहाराको वास्तविक स्वामित्व भए नभएको निर्धारण हुन्छ , भन्ने देखाएर माओले राजनीति नै अर्थशास्त्रको केन्द्रीकृत अभिव्यक्ति हो भन्ने लेनिनवादी प्रस्थापनालाई विकसित तुल्याउनुभयो । यस सन्दर्भमा संशोधनवादको उदय भनेको पुँजीवादकै उदय हो भन्ने कुरा प्रस्ट पार्दे वहाँले समाजवादी आर्थिक आधारको अन्तर्विरोधी प्रकृतिका कारण पुँजीवाद पन्थीहरू केही गरी सत्तामा आए भने उनीहरूलाई पुँजीवादी व्यवस्था कायम गर्न सजिलो हुनेछ भन्ने कुरा पनि वहाँले प्रस्ट पार्नुभयो ।

वहाँले उत्पादक शक्तिको संशोधनवादी सिद्धान्तको व्यापक आलोचना गर्नुभयो र उपरिसंरचना र चेतनाले आधारलाई रूपान्तरण गर्न सक्छ र राजनीतिक सत्तामार्फत उत्पादक शक्तिलाई विकसित तुल्याउँछ भन्ने निष्कर्ष निकाल्नुभयो । यी सबै माओको “क्रान्तिलाई पक्र र उत्पादन बढाऊ” भन्ने नारामा अभिव्यक्ति भएका छन् ।

माओ त्से तुङले महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिको पहल र नेतृत्व गर्नुभयो, जसले सर्वहारा वर्गको अधिनायकत्वसम्बन्धी अनुभवमा एउटा महान् अग्रगामी फड्कोको प्रतिनिधित्व गर्छ । समाजवादी समाजभित्रैबाट र विशेष गरेर पार्टीको नेतृत्वमा एकत्रित हुनआएका पुँजीवादपन्थीहरू, जस्तो कि लिउ साओ चि लिन प्याओ र तेङ सियाओ पेङलाई गलहत्याउन लाखौँलाख जनता जुर्मुराएर उठे । माओले समाजवादी समाजमा पनि शोषक वर्गहरूका निजी संचिति, सोचाइ, व्यवहारका रूपमा रहेका विद्यमान पुँजिवादपन्थीहरूलाई चुनौती दिन तथा सबै क्षेत्रमा विशाल बहुमतको स्वार्थ, दृष्टिकोण र इच्छा लागु गर्न सर्वहारा एवम् जनसमुदायको नेतृत्व गर्नुभयो ।

सांस्कृतिक क्रान्तिमा हासिल गरिएको महान् विजयले चीनमा पुँजीवादको पुनस्र्थापना हुनबाट एक दशकसम्म बचायो र आर्थिक आधारका साथै शिक्षा, साहित्यकला, वैज्ञानिक अनुसन्धान तथा उपरिसंरचनाका अन्य क्षेत्रहरूमा महान् समाजवादी रूपान्तरण गरायो । माओको नेतृत्वमा जनसमुदायले पुँजीवाद जन्माउने माटो—जस्तो कि पुँजीवादी अधिकार, सहर र गाउँका बीच, मजदुर र किसानका बीच र मानसिक र शारीरिक श्रमका बीचका तीन ठूला विभेदहरूलाई गतिलो गरी खलबल्याए ।

भीषण विचारधारात्मक एवम् राजनीतिक सङ्घर्षका क्रममा लाखौँ मजदुर र अन्य क्रान्तिकारी जनसमुदायले आफ्नो वर्गचेतनालाई समृद्ध तुल्याए र माक्र्सवाद–लेनिनवाद–माओवादको दक्षताका साथ राजनीतिक सत्ता सञ्चालनको योग्यतामा वृद्धि गरे । सांस्कृतिक क्रान्ति सर्वहारा वर्गको अन्तर्राष्ट्रिय सङ्घर्षकै अङ्गका रूपमा सञ्चालन भएको थियो र यो सर्वहाचरा अन्तर्राष्ट्रियतावादको प्रशिक्षणको थलो थियो ।

माओले क्रान्तिकारी नेतृत्वको आवश्यकता तथा सर्वहारा अधिनायकत्व लागू गर्न क्रान्तिकारी जनसमुदायमा भर पर्ने तथा उनीहरूलाई जाग्रत गराउनुपर्ने आवश्यकताबीचको द्वन्द्वात्मक सम्बन्धलाई दरोसँग समात्नुभयो । यस तरिकाद्वारा सर्वहारा वर्गको अधिनायकत्वको सुदृढीकरण, सर्वहारा जनतन्त्रको संसारमा आजसम्म हासिल नगरिएको निकै व्यापक र सघन अभ्यास पनि थियो र यसले वीर क्रान्तिकारी नेताहरू जस्तो कि च्याङ चिङ र च्याङ चुन चियाओलाई अगाडि ल्यायो, जसले जनसमुदायका साथमा खडा भएर संशोधनवादीहरूका विरुद्धको लडाइँमा उनीहरूको नेतृत्व गरे तथा गम्भीर पराजयको अवस्थामा पनि माक्र्सवाद–लेनिनवाद–माओवादको झण्डालाई उँचो पारिराखे ।

लेनिनले भन्नुभएको छ, “त्यो मात्रै माक्र्सवादी हो, जसले वर्गसङ्घर्षको स्वीकृतिलाई सर्वहारा वर्गको अधिनायकत्वको स्वीकृतिसम्म विस्तार गर्छ ।” माओ त्से तुङको नेतृत्वमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सन्दर्भमा हासिल गरिएको अग्रगति तथा प्राप्त भएका अमूल्य शिक्षाहरूले यो विभाजनरेखा अझै गहिरो बनेको छ । अब के भन्न सकिन्छ भने, केवल त्यो मात्रै माक्र्सवादी हो, जसले वर्गसङ्घर्षको स्वीकृतिलाई सर्वहारा वर्गको अधिनायकत्वसम्म र साम्यवादसम्मको सम्पूर्ण समाजवादी कालभरि वर्गहरूको सत्रुतापूर्ण वर्गअन्तर्विरोधको, पार्टीभित्र बुर्जुवाहरूको अस्तित्व र सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत वर्गसङ्घर्षको निरन्तरताको स्वीकृतिसम्म विस्तार गर्दछ । जस्तो माओले जोडदाररूपमा भन्नुभएको छ—“यो प्रश्नमा स्पष्टताको अभावले संशोधनवादतिर डो¥याउँछ ।”

सन् १९७६ मा ह्वाको फेङ र तेङ सियाओ पेङको नेतृत्वमा भएको प्रतिक्रान्तिकारी षड्यन्त्रद्वारा पुँजीवादको पुनस्र्थापनाले माओवादलाई अथवा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विश्व–ऐतिहासिक उपलब्धि तथा त्यसका उच्च शिक्षालाई कुनै हालतमा पनि नकार्दैन, बरू यो पराजयले त समाजवादी समाजको प्रकृति तथा सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्नेसम्बन्धी माओका प्रस्थापनाहरूको नै पुष्टि गर्छ ।

प्रस्टरूपमा नै महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिले क्रान्तिको विश्व–ऐतिहासिक कालको विश्वभरिका कम्युनिस्ट र क्रान्तिकारीहरूको विजयी उच्च शिखरको, कहिल्यै ननासिने उपलब्धिको प्रतिनिधित्व गर्छ । यद्यपि हाम्रा सामु कामको सिङ्गो प्रक्रिया छ, यो क्रान्तिले छाडेका महान् शिक्षाहरू हामीले लागू गरि नै रहेका छौँ, जस्तो, उदाहरणका लागि भन्न सकिन्छ —सत्ता कब्जा गर्न हाम्रो वर्गका लागि विचारधारात्मक रूपान्तरण नै आधारभूत कुरा हो ।

माक्र्सवाद–लेनिनवाद–माओवाद : तेस्रो महान् चरण

चिनियाँ क्रान्तिको सन्दर्भमा माओले माक्र्सवाद–लेनिनवाद–माओवादलाई विकसित गर्नुभयो । तर यो महान् सर्वहारा सांस्कृतिक क्रान्तिको भट्टीमा नै हाम्रो विचारधाराले फड्को मा¥यो र तेस्रो महान् चरण माक्र्सवाद–लेनिनवाद–माओवाद पूर्णरूपमा देखाप¥यो । माक्र्सवाद–लेनिनवाद–माओवादको उच्च धरातलबाट क्रान्तिकारी कम्युनिस्टहरूले पहिलेका महान् नेताहरूका शिक्षाहरूलाई अझै व्यापकरूपमा आत्मसात गर्न सक्छन् र यथार्थमा स्वयम् माओ त्से तुङकै प्रारम्भिक कालका योगदानहरूलाई पनि गहन महत्वका साथ बुझ्न सकिन्छ । आज, माओवादबिनाको माक्र्सवाद–लेनिनवाद हुन सक्तैन । वास्तवमा माओवादको विरोध गर्नु स्वयम् माक्र्सवाद–लेनिनवादकै विरोध गर्नु हो ।

सर्वहारा वर्गको क्रान्तिकारी विचारधाराको विकासका हरेक महान् चरणहरूले गम्भीर प्रतिरोधको सामना गरेका छन् र ती सङ्घर्ष एवम् क्रान्तिकारी व्यवहारमा यसको प्रयोगद्वारा नै स्थापित हुनेगरेका छन् । माक्र्सवाद–लेनिनवाद–माओवाद विश्वक्रान्तिको कमान्डर र पथप्रदर्शक हुने छ भनेर आज क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) घोषणा गर्दछ ।

विश्वका सयौँ र लाखौँ सर्वहारावादीहरू तथा उत्पीडित जनसमुदायहरू विश्व साम्राज्यवादी व्यवस्था र सबैखाले प्रतिक्रियावादका विरुद्ध सङ्घर्षमा होमिएका छन् । दुस्मनका विरुद्धको रणभूमिमा उनीहरूले आफ्नै झण्डा खोजिरहेका छन् । क्रान्तिकारी कम्युनिस्टहरूले हाम्रो सार्वभौम विचारधारालाई दरोसँग समात्नै पर्छ र क्रान्तिकारी हिंसाद्वारा सत्ता कब्जा गर्नका लागि यसलाई जनसमुदायमा, उनीहरूलाई अझै जागरुक पार्न र उनीहरूको शक्तिलाई सङ्गठित पार्न फैलाउनु पर्छ । यो कार्य पूरा गर्न क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) मा एकत्रित भएका माक्र्सवादी–लेनिनवादी–माओवादी पार्टीहरूले यस्ता पार्टीहरू नभएका ठाउँमा पार्टीहरू निर्माण गर्ने र भएका ठाउँमा तिनलाई जनयुद्धको माध्यमबाट सर्वहारा वर्ग एवम् उत्पीडित जनताका लागि सत्ता कब्जा गर्ने तयारीका लागि जनयुद्धको सुरुवात गर्न मजबुत तुल्याउनु पर्छ । हामीले माक्र्सवाद–लेनिनवाद–माओवादको झण्डालाई दरिलो गरी समात्नु पर्छ, रक्षा गर्नुपर्छ र मुख्यरूपमा यसलाई व्यवहारमा लागू गर्नुपर्छ ।

हामीले हाम्रो सङ्घर्षलाई माक्र्सवाद–लेनिनवाद–माओवादमा आधारित, नयाँ ढङ्गको कम्युनिस्ट अन्तर्राष्ट्रियको गठनको दिशामा अघि बढाउनु पर्छ । विश्व सर्वहारा क्रान्ति यस प्रकारको हतियारको प्रयोबिना विजयसम्म पुग्न सक्तैन, किन भने, जस्तो माओ त्से तुङ्ले हामीलाई सिकाउनुभएको छ, या त हामी सबै साम्यवादमा पुग्छौँ, अथवा हामी कोही पनि पुग्दैनौँ ।

माओ त्से तुङले भन्नुभएको छ, “माक्र्सवादमा हजारौँ सत्यहरू विद्यमान छन्, तर अन्तिम विश्लेषणमा ती सबै एउटैमा केन्द्रित हुन्छन्—विद्रोह गर्नु जायज छ ।” क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) जनसमुदायको विद्रोहलाई आफ्नो प्रस्थानबिन्दुका रूपमा लिन्छ र संसारभरिका सर्वहारा एवम् क्रान्तिकारीहरूसँग माक्र्सवाद–लेनिनवाद–माओवादलाई आत्मसात गर्न (दरोसँग पकड्न) आह्वान गर्छ । यो मुक्तिदायी र पार्टी पक्षधर विचारधारालाई सर्वहारा वर्ग एवम् सम्पूर्ण उत्पीडित जनसमुदायका घरमा पु¥याउनु पर्दछ, किन भने यसले मात्र जनसमुदायको विद्रोहलाई हजारौँ वर्षदेखिको वर्गीय शोषण समाप्त पार्न तथा साम्यवादी नयाँ विश्व जन्माउन सक्षम तुल्याउँछ ।

माक्र्सवाद–लेनिनवाद–माओवादको रातो झण्डालाई माथि उठाऔँ !
डिसेम्बर २६, १९९३
क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन

प्रतिक्रिया

सम्बन्धित खवर