नेवाः मोर्चाको ३ नं प्रदेशको बैठक सम्पन्न

प्रकाशित मिति : २०७४ फाल्गुन २६

काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको ३ नं प्रदेशको बैठक काठमाडौं स्थित बुद्धनगरमा आज शनिवार सम्पन्न भयो । मोर्चाको केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठको उपस्थितिमा उक्त बैठक प्रदेश संयोजक गोर्की श्रेष्ठको सभापतित्वमा बसेको थियो ।
मोर्चाका केन्द्रीय अध्यक्ष श्रेष्ठले बैठकलाई सम्बोधन गर्दै मुख्यतः संगठन निर्माणमा जोडदिई भाद्रमा हुन गइरहेको राष्ट्रिय सम्मेलनलाई सफल बनाउने अभियान लाग्न निर्देशन दिनुभयो । साथै उहाँले गएको माघमा बसेको केन्द्रीय समितिको बैठकले लिएका निर्णयहरुको भाव सम्प्रेषण गर्नु भयो ।
उक्त बैठकले संगठन सुदृढ, विस्तारमा जोड दिएर आउँदो चैत्रसम्म ३ प्रदेशका सम्पूर्ण जिल्ला, इलाकाहरु पुनर्गठन, गठन गर्ने निर्णय गरेको छ । प्रदेश संयोजक श्रेष्ठले दिनु भएको जानकारी अनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको यहि चैत्र १५ गते भित्र जिल्ला तथा इलाका समितिहरु पुनर्गठन गर्ने र बाँकी जिल्लाहरुमा जिल्लाहरू गठन गर्ने निर्णय गरेकाे छ । र चैत्र मसान्तसम्ममा जिल्लाहरूकाे भेला गर्ने निर्णय गरेको छ । त्यस्तै फास्ट ट्रयाक र खोकनाको समस्याबारे अध्ययन गर्नको लागि केन्द्रीय सदस्य जगदिश्वर महर्जनको संयोजकत्वमा नमस्ते साय्मि, भागवत नरसिं प्रधान र निरन तुलाधर रहेको एक अध्ययन टोली पनि गठन गरेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।