बर्दिया र बाँकेका क्रान्तिकारी महिलाहरुले यसरी मनाए श्रमिक महिला दिवस

बर्दिया र बाँकेका क्रान्तिकारी महिलाहरुले यसरी मनाए श्रमिक महिला दिवस

वर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले फरक ढंगले १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

जनयुद्धकालीन माओवादी सेनाको झल्को दिने खालका कम्ब्याट ड्रेससहित ¥याली लिएर सडकमा निस्किएका क्रान्तिकारी महिलाहरुले सामन्ती तथा दलाल संसदीय व्यवस्थाका विरूद्ध संघर्ष गरौं, लैंङ्गीक विभेद अन्त्य गरौ, जस्ता नाराहरू लगाउँदै बर्दियाको भूरिगाउँमा क्रान्तिकारी महिलाहरुले कोण सभा सम्पन्न गरे ।

अनेमसंघ (क्रान्तिकारी)की केन्द्रीय सचिवालय सदस्य दुर्गा, सदस्य गंगा, पार्टीका केन्द्रीय सदस्य भुपेन्द्र, पार्टी डिसिएस लोकेश लगायतको कार्यक्रममा विशेष उपस्थिति रहेको थियो । 

त्यसैगरी बाँकेमा पनि अनेमसंघ (क्रान्तिकारी)ले ¥याली सहित भव्य रूपमा श्रमिक महिला दिवस मनाइएको छ ।