काठमाडौं, फागुन १८ । सरकारी कार्यालय तथा विभिन्न संघसस्थाको कागजपत्र तथा छाप किर्ते गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले गत मंगलबार मकवानपुर हेटौँडा–१७ रातमाटे घर भएका २४ वर्षिय कविर श्रेष्ठ भनिने उदय थिङलाई पक्राउ गरेको हो ।
श्रेष्ठको साथबाट प्रहरीले समाज कल्याण परिषद् लैनचौरको लेटर प्याड, उदय सिंह नाम गरेको व्यक्तिको नामको राष्ट्र संघको पर्यवेक्षक परिचयपत्र, परीक्षा नियन्त्रण कार्यालयको स्टाम्प लगायतका अन्य नक्कली कागजपत्र र छाप बरामत गरेको छ । पक्राउ परेका थिङ कोटेश्वरमा संचालित डाक्टर हेल्थकेयर नाम मेडिकल पसल संचालक हुन् ।