एजेन्सी । मेक्सिकोमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । यसलाई मेक्सिकोमा एक शताव्दीयताकै शक्तिशाली भूकम्प गएको बताइएको छ । भूकम्पको धक्का २२५ माइल टाढासम्म महसुस गरिएको थियो । करिब २ मिनेटसम्म हल्लाइरहेको स्थानीयले बताएका छन् ।
ओसाकाका केही भवनहरु भत्किएका छन् । हजारौं मानिसहरु घर बाहिर निस्किएका छन् । भूकम्पबाट भएको मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । गत १९ सेप्टेम्बरमा पनि यही क्षेत्रमा भूकम्प जाँदा ३ सय जनाको मृत्यु भएको थियो । त्यो घटना सेलाउन नपाउँदै अर्को विपद आइलागेको न्यूयोर्क टाइम्सले समाचार प्रकाशित गरेको छ ।