प्रदेश ५ मा क्रान्तिकारी माओवादीको संगठन तथा जनपरिचालन अभियान तीब्र

प्रदेश ५ मा क्रान्तिकारी माओवादीको संगठन तथा जनपरिचालन अभियान तीब्र

 

बुटवल, ०३ फागुन । नेकपा (क्रान्तिकारी माओवादी) ले प्रदेश ५ मा तीन महिने संगठन तथा जनपरिचालन अभियानलाई तीब्र पारेको छ । सो पार्टीले आफ्नो बैद्यानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चासंगको संयुक्त अभियानमार्फत अभियान तीब्र बनाएको हो ।

अभियान अन्तरगत प्रदेश नम्बर ५ लाई चारवटा भुगोलमा बिभाजन गरेर अभियान संचालन गरिएको सो पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश सचिव प्रेम सुवेदीले जानकारी दिनुभयो । जसमा केन्द्रीय सदस्यको नेतृत्वमा चारवटा अभियानकर्मी टोली सक्रिय रहेका छन् । टोलीको सम्पुर्ण ब्यवस्थापन सम्बन्धित जिल्लाले गरेको उहाँले बताउनुभयो । प्रदेशको पूर्वी मधेश नवलपरासी, रुपन्देही र कपिलबस्तुलाई एक अभियान क्षेत्र , प्युठान, दाङ, रोल्पा र पूर्वी रुकुम दुई नम्बर भुगोल , पाल्पा अर्घाखांची र गुल्मी जिल्लालाई तीन अभियान टोली र बाके बर्दियालाई चार अभियान क्षेत्रमा विभाजन गरी केन्द्रीय सदस्यहरुको नेतृत्वमा टोली परिचालन गरिएको छ । टोलीमा प्रदेश सदस्य ,जिल्ला, नगर, गाउ, वडा सदस्य, सेल तथा पार्टी सदस्य समेत परिचालित भएका छन् । एक नम्बर टोलीमा केन्द्रीय नेता के.बी.गुरुंग र निरज के.सी.को नेतृत्व रहेको छ । जसलाई जिल्लाको सापेक्षतामा दुई वटा टोलीमा बिभाजन गरी कार्यक्रम अगाडि बढाइएको छ ।

अभियानमा राजनैतिक बैचारिक प्रशिक्षण तथा देजमो एंवम् जवस मोर्चाका सदस्यता वितरणलाई तीब्रता दिइएको छ । सो टोलीमा नवलपरासी रुपन्देही र कपिलबस्तुका पार्टी नेतृत्व समेत सहभागी भएको नवलपरासी सेक्रेटरी संकल्पले बताउनुभयो । सो टोलीले बुधवारदेखि कपिलबस्तुको बाणगंगा नगरपालिकामा अभियान संचालन गरेको जनाइएको छ । टोलीले ६ गतेदेखि ११ गते रुपन्देही र १२ देखि हुदै १४ गते नवलपरासीको बर्दघाटमा अभियान समापन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै जिल्ला जिल्लामा पनि अभियान संचालन भइरहेको छ । त्यस्तै टोली नम्बर २ ले २१ दिने अभियान बनाएको छ । जसमा केन्द्रीय सदस्य हिरामणि दुःखी, कुमार शाह र टिकाराम पौडेलले नेतृत्व गर्नुभएको छ । टोलीले सात गते सम्म आन्तरिक तयारी गरि ७ गते दाङको घोराहीबाट अभियान तीब्र बनाउने दुखीले बताउनुभयो । त्यस्तै बाके र बर्दियाको अभियानको नेतृत्व केन्द्रीय सदस्य धनेश्वर पोखरेल र भुपेन्द्र न्यौपानेले गर्नुभएको छ ।

अभियान चारको नेतृत्व भने प्रदेश कार्यालयको रहेको नेता सुवेदीले बताउनुभयो । सो गुल्मी पाल्पा अर्घाखांचीमा जिल्ला जिल्लाले अभियान संचालन गरिएको छ । सम्पुर्ण अभियानको नेतृत्व तथा अनुगमन भने प्रदेश सचिव प्रेम सुवेदीले गर्नुभएको छ । क्रान्तिकारी माओवादीको स्थायी समितिको तर्फबाट नेता परि थापालाई प्रदेश नम्बर पांचको जिम्मा रहेको बुझिएको छ ।

तीन महिने अभियान अन्तरगतको सो संयुक्त अभियानमा सघन संगठन भएका स्थानमा संगठन सुदृढीकरण र संगठन नभएका स्थानमा सम्पर्क संगठन निर्माण गरी देजमो, युवा तथा बिद्यार्थी, मजदुर ,किसान र महिला संगठनको सदस्यता वितरणलाई बिशेष जोड दिदै अन्य जनबर्गीय तथा मोर्चा संगठनका सदस्यता वितरण तथा संगठन गठन पुर्नगठन गर्ने कार्यले तीब्रता पाएको देजमोका केन्द्रीय सचिवालय सदस्य तथा पांच नम्बर प्रदेश संयोजक के.बी गुरुंगले बताउनुभयो ।

क्रान्तिकारी माओवादीले पांच नम्बर प्रदेश अन्तरगतका जिल्लाहरुका पार्टी तथा देजमोका जिल्ला कमिटीलाई प्रशिक्षण दिदै चुस्त दुरुस्त बनाउदै नगर तथा गाउ कमिटीलाई बैचारिक प्रशिक्षण दिदै आएको जनाएको छ । अभियान अन्तरगत सबै जिल्लामा जनबर्गीय तथा मोर्चा संगठनका भेला तथा सम्मेलनलाई तीब्रता दिएको जनाइएको छ ।