सप्तरी । नेकपा (क्रान्तिकारी माओवादी)ले चलाएको तीन महिने संगठन विस्तार अभियानको क्रममा सप्तरीको सुरुङ्गा न.पा.मा संगठन निर्माण तीव्र रुपमा भईरहेको छ ।
क्रान्तिकारी माओवादीको जिल्ला नेतृत्वले दिएको जानकारी अनुसार सुरुङ्गा नगरपालिका वडा नं. १ मा देजमोको वडा कमिटि गठन गरिएको छ । बद्री परियारको संयोजकत्वमा २ सदस्य पछि थप गर्ने गरी ९ सदस्यीय कमिटि गठन गरिएको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज मोहनसिंह तामाङले जानकारी दिए । उक्त कमिटिका सदस्यहरुमा चन्द्रमाया विक, बुद्ध विक, लाल बहादुर खनाल, निर्मला खत्री, राधा कार्की, शुक्र विक लगायत रहेका छन् ।
त्यस्तै, उक्त नगरपालिको वडा नं. १ मा अखिल (क्रान्तिकारी)को ९ सदस्यीय कमिटि गठन गरिएकोे छ । जसको संयोजकमा गायत्री विक रहेकी छिन् भने सदस्यहरुमा अप्सरा परियार, कविता निरौला, ज्ञानेन्द्र विक, सुनिल विक, तुलसा थापा मगर, बिशाल बस्नेत, रोमा खनाल र रुपा गजमेर रहेका छन् ।
त्यस्तै गरी प्राप्त समाचार अनुसार सुरुङ्गा नगरपालिका वडा नं. २ मा देजमोको वडा कमिटि गठन गरिएको छ । १ सदस्य पछि थप गर्ने गरी बनाइएको उक्त कमिटिको संयोजकमा बानेश्वर चौधरी छन् भने सदस्यहरुमा मोहितलाल चौधरी, मोहन तामाङ, रमेश चौधरी लगायतका छन् ।
सोही नगरपालिकाको वडा नं. ४ कदमामा अखिल नेपाल ट्रेड युनियन महासंघको औद्योगिक मजदुर संघ गठन गरिएको छ । ४ सदस्य पछि थप गर्ने गरी ११ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिको संयोजकमा पञ्चिदेवी चौधरी रहेकी छिन् भने सदस्यहरुमा आशा चौधरी, संगीता राई, आशा मगर, करिश्मा चौधरी, शान्ति मगर, प्रियंका चौधरी लगायत रहेका छन् ।































