काठमाडौं, फागुन २ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन (२ अन्तर्गतको अन्तिम खेलमा अहिले नेपालले क्यानडासँग प्रतिस्पर्धा गरिरहेको छ । नामिबियामा भइरहेको जित्नैपर्ने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडा ब्याटिङमा छ ।

३५ औं ओभरमा नेपालले पाँचौं विकेट लिएको छ । करण केसीले नेपालका लागि पाँचौं विकेट लिएका हुन् । यसअघि २६ ओभरको चौथो बलमा नेपाललाई चौथो सफलता प्राप्त भएको थियो । क्यानडाका एमएस धलिवाललाई २६ बलमा चार रनमै बसन्त रेग्मीले आउट गरेका हुन् ।

यसअघि १७ औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले क्यानडाका डिएन पथिरानालाई आउट गरेर नेपालका लागि तेस्रो विकेट लिएका थिए । पथिरानाले ११ बलमा दुई रनमा सन्दीपले आउट गरेका हुन् ।

यसअघि नै ब्याटिङ लाइनअप बलियो रहेको क्यानडालाई १३ ओभरका दोस्रो बल खेल्दा दुई विकेट गुमाएको थियो । नेपालका लागि दोस्रो विकेट सन्दीप लामिछानेले लिएका थिए । सन्दीप लामिछानेको बलमा ज्ञानेन्द्र मल्लले क्याचआउट गरेका हुन् । दोस्रो विकेटका रुपमा क्यानडाका कप्तान नितिशकुमार आउट भएका छन् ।

यसअघि १० ओभरमा नेपालले पहिलो सफलता स्वरुप पहिलो विकेट लिएको थियो । बसन्त रेग्मीको बलमा रोहित पौडेलले आर गुनासेकरालाई क्याचआउट गरेर पहिलो विकेट लिएका थिए । गुनासेकरा २४ बलमा ९ रनमै आउट भएका थिए ।

४१ औं ओभरमा खेल भई रहदा क्यानडाले पाँच विकेटको क्षतिमा १५४ रन बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार