एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको एक आत्मघाती हमलामा परी ४० जना भन्दा बढीको मृत्यु भएको छ । उक्त घटनामा परी १४० भन्दा बढी घाइते भएको समाचार एजेन्सीहरुले बताएका छन् । विस्फोटक वस्तुले भरिएको एक एम्बुलेन्समा आएका आक्रमणकारीहरुले आन्तरिक मन्त्रालयको पुरानो भवन नजिक आत्मघाती वम आक्रमण गरेको अफगान प्रहरीले जनाएको छ । एक हप्ता पहिले काबुलको एक ठूलो होटलमा भएको तालिबानी चरमपन्थी हमलामा २२ जना मारिएका थिए ।

यस क्षेत्रमा विदेशी दूतावास र सहरको पुलिस मुख्यालय छ । प्रत्यक्षदर्शीका अनुसार शनिबार स्थानीय समयनुसार दिनको सबा १२ बजे विष्फोट भएको थियो । त्यस समय त्यस ठाउँमा धेरै भीडभाड थियो ।

सुरक्षा अधिकारीहरुले भनेका छन् कि मृतकहरुको संख्या अझै बढ्न सक्छ । गम्भीर रुपमा घाइते भएकाहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।

तालिबान एक कट्टर इस्लामी चरमपंथी संगठन हो, जसले अफÞगÞानिस्तान र पाकिस्तानको ठूलो भूभागमा नियन्त्रण कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर