नेपालगंज । बाँकेका जनपक्षीय मिडियाकर्मीहरुले साना लगानीका मिडियाहरुको हकहितको पक्षमा संगठित रुपमा आवाज उठाउने उद्देश्यमा आधारित रहेर ‘स्थानीय मिडिया हकहित संरक्षण समिति’ गठन गरेका छन् । जिल्लाका बरिष्ठ पत्रकार रहिस सिद्धिकीको नेतृत्वमा सात सदस्यीय संरक्षण समिति गठन गरिएको हो ।
शनिबार भएको एक भेलाले समय अधिकार दैनिकका प्रकाशक तथा सम्पादक रहिस अहमत, ग्लोबल समाचार दैनिकका प्रकाशक सम्पादक टेकेन्द्र बस्याल, मूलबाट डटकमकी स्थानीय प्रतिनिधि संजना कर्माचार्य, हरपल नेपाल डटकमका स्थानीय प्रतिनिधि दिनेश श्रीवास्तव, न्यूज यथार्थ साप्ताहिकका प्रकाशक सम्पादक आशिस गुप्ता, दैनिक खबरे राष्ट्रिय दैनिकका प्रकाशक भरत बैश्य लगायतका पत्रकारहरु सदस्य रहेको उक्त समिति गठन गरेको हो । नवगठित समितिले हरपलनेपाल डटकमका प्रकाशक सम्पादक तथा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसीलाई सल्लाहकारको रुपमा चयन गरेको छ ।