कंचनपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) लगायत चार विध्यार्थी संगठनले जिल्लाको टेक्निकल इन्स्टीच्युटमा तालाबन्दी गरेका छन् । जिल्लामा रहेको सुपरलिङ्क टेक्निकल इन्स्टीच्युटले विध्यार्थीसँग जथाभावी शुल्क असुल्ने र एउटा विषयको भर्ना गरेर अर्कै विषयको परीक्षा लिएर विध्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको भन्दै तालावन्दी गरेका हुन् । नेकपा निकट अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूले संयुक्त रुपमा शुक्रबार वक्तव्य जारी गर्दै उक्त उक्त इन्स्टीच्युटमा अनिश्चितकालीन तालाबन्दी गरेको जनाएका छन् ।

वक्तव्यमा ती संगठनहरुले भनेका छन्, “हामी विध्यार्थी संगठन विगत लामो समयदेखि विभिन्न क्षेत्रमा भइरहेको विभिन्न खाले विकृति विसंगतीका विरुद्ध लड्दै आएको व्यहोरा अवगत गराउँछौं । यस कंचनपुरमा रहेको सुपरलिंक टेक्नीकल इन्स्टीच्युटले अघिल्लो बर्ष झै यसपाली पनि विभिन्न खाले दुस्प्रचार गरी सोझासिधा विध्यार्थीलाई छल गरी २०७३।३।१६ गते भर्ना गरिएको इडिएफ का ४३ जना विध्यार्थीबाट प्रतिव्यक्ति ५० देखि ९० हजार शुल्क असुली भर्ना भएको १९ महिनासम्म परीक्षा नलिएर विध्यार्थीको भविष्यमाथि खेलवाड गरेको र टिएसएलसी कार्यक्रममा भर्ना लिएर एल टुको परीक्षा लिएकोले अन्श्चिितकाली तालाबन्दी गरिएको जनाकारी गराउँछौं ।”

वक्तव्यमा अखिल (क्रान्तिकारी)का कंचनपुर अध्यक्ष शंकर महरा, अखिल क्रान्तिकारीका अध्यक्ष तथा केस तारा पन्त, नेविसंघ केस देवराज जोशी र अनेरास्ववियूका सहसचिव कमल रोकायाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर