बाँके । क्रान्तिकारी पत्रकार महासंघ बाँकेले आउँदो शनिबार नेपालगञ्जमा ‘साना लगानीका मिडिया र श्रमजीवि पत्रकारको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गर्दै जिल्ला समितिको बैठक सम्पन्न गरेको छ । बिहीबार नेपालगञ्जमा सम्पन्न जिल्ला समितिको बैठकले अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।

नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज भूपेन्द्र न्यौपाने, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसीलगायतका नेताहरुको विशेष उपस्थितिमा सम्पन्न बैठकले साना लगानीका सञ्चार माध्यमहरूको सञ्चालनमा राज्य जिम्मेवार विहिन भएकाले सबै श्रमजीवि पत्रकारहरूले राज्यलाई दवाव दिन विभिन्न प्रकारका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

क्रान्तिकारी पत्रकार महासंघका बाँके अध्यक्ष दिनेश कुमार श्रीवास्तवको अध्यक्षता तथा संचालनमा सम्पपन्न बैठकमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य न्यौपानेले राज्य जनताको पक्षमा नदेखिएको भन्दै संघर्षको पक्षमा पत्रकारले कलम चलाउनु पर्ने बताए भने क्रान्तिकारी पत्रकार महासंघका नेता जैसीले राज्यले साना लगानीका सञ्चारमाध्यमलाई सौतेनी व्यवहार गरेको आरोप लगाए । उनले श्रमजीवि पत्रकारको हक, हित र अधिकारको लडाइँ क्रान्तिकारी पत्रकार महासंघले निरन्तर गर्ने बताउदै राज्यलाई पत्रकारको अवस्था र मिडियाको सञ्चालनका विषयमा सचेत नभए श्रमजीवि पत्रकारहरुले राज्य विरूद्ध कलमबाट बुलेट प्रहार गर्ने चेतावनी समेत दिए ।

बैठकको समापन गर्दै महासंघका अध्यक्ष श्रीवास्तवले पत्रकार महासंघ अझै पनि सबैको साझा संस्था बन्न नसकेको प्रति दुख व्यक्त गर्दै सबै विभेदहरूलाई संघर्षबाटै समाधान खोज्नुपर्नेमा जोड दिएका थिए । क्रान्तिकारी पत्रकार महासंघले स्थापना कालदेखि नै श्रमजीवि पत्रकार र साना लगानीका मिडियाको विषयमा आवाज उठाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर