अक्टोबर समाजवादी क्रान्ति दर्शन, सिद्धान्त, विचार र राजनीतिको एउटा युगान्तकारी अन्तर्राष्ट्रिय परिघटना हो । यो इतिहासकै एउटा त्यस्तो परिघटना हो, जुन माक्र्सवाद र लेनिनवादको महत्वपूर्ण प्रस्थान, स्थापना र व्यवहारिक र सफल प्रयोग हो । इतिहासको निरन्तरतामा त्यसले इतिहासका अग्रगामी तत्वहरुलाई आफूभित्र समेट्दै नयाँ समाजवादी युगको समाजवादी प्रवृत्तिको आरम्भ ग¥यो । अक्टोबर क्रान्तिले संसारभरिका जुन चिन्तनहरु थिए (विभिन्न किसिमका पुरातन चिन्तनहरु) लाई त्यसले जरैदेखि हल्लाई दियो र विभिन्न मुलुकहरुमा त्यसले एक खालको संघर्षको लागि, मुक्तिको लागि उत्पे्ररणाको काम ग¥यो । खासगरी सर्वहारा वर्गको मुक्तिको सन्दर्भमा यसको फरक मुल्य छँदैछ, सँगसँगै समाजवादी यथार्थवादको औपचारिक आरम्भ पनि अक्टोबर समाजवादी क्रान्तिले ग¥यो । समाजवादी यथार्थवाद इतिहास, वर्तमान र भविष्यसम्म जोड्ने कडिको रुपमा अगाडि आयो ।

समाजवादी यथार्थवाद आफैमा खण्डित यथार्थ होइन । त्यसमा इतिहासबोध पनि छ र भविष्य बोध पनि छ र त्यो तत्कालिन वर्तमान समाजवादी क्रान्ति जुन बेला भयो, त्यतिबेला त्यसले भविष्य र अतितलाई उन्ने काम ग¥यो । त्यस अर्थमा पनि त्यसको छुट्टै महत्व छ । समाजवादी यथार्थवादी साहित्य त्यसबाट प्रभावित र उत्प्रेरित रहेको हुनाले अक्टोबर क्रान्तिका अन्तर्यहरुलाई आफूभित्र समावेश गरेको हुनाले त्यो आफैमा पनि अन्तर्राष्ट्रिय परिघटनाको रुपमा रहन गयो । त्यसले क्रान्तिकारी कलात्मक विचारका निम्ति सहयोग पु¥यायो । संसारभरि नै सँगसँगै समाजवादी रुपान्तरणको निम्ति पनि अक्टोबर समाजवादी क्रान्तिले महत्वपूर्ण भूमिका खल्यो । अनि सर्वहारा वर्गको महान् जुन उदात्त आदर्श छ, त्यसको चरित्र र प्रवृत्तिहरु पुनरुत्पादन र प्रतिविम्बन ग¥यो । त्यसभन्दा अगाडि आंशिक रुपमा यथार्थको चित्रण भएपनि त्यसपछिको साहित्यमा, कलामा, कलाका आधुनिक शाखाहरुमा, प्रशाखाहरुमा, नाटकमा, उपन्यासमा, फिल्ममा यी सबै क्षेत्रमा यसको प्रभाव प¥यो । तत्कालिन जर्मनीे, फ्रान्स, इटली, चीन, भारतलगायतका मुलुकका साहित्यमा त्यसको जबरजस्त प्रभाव प¥यो ।
नेपाली साहित्यमा समाजवादी यथार्थवाद र प्रगतिवादलाई समानार्थी रुपमा प्रयोग गर्दै आइएको छ । प्रगतिवाद शब्द नेपालमा भारततिरबाट आयात गरिएको शब्द हो । बङ्गाली, हिन्दी हुँदै नेपाली भाषामा आएको हो । जसलाई समाजवादी यथार्थवादी शब्दको पर्यायवाची शब्दको रुपमा लिइयो । प्रगतिवादले कति समेट्छ र कति समेटदैन भन्ने हामीकहाँ विवाद छ । समाजवादी यथार्थवादले एउटा सालोढोलो समग्र इतिहास, इतिहासमा भएका परिघटनासँग स्थापना गरेका महत्वपूर्ण परिघटनालाई समेत प्रस्ट्याउछ । र, मलाई लाग्छ नेपालीमा पनि त्यसको हामीले सारलाई प्रगतिवाद भनेर बुझेका छौं । पठनपाठनका सन्दर्भमा पनि त्यसलाई समाजवादी यथार्थवादकै रुपमा अर्को शब्दको रुपमा प्रगतिवादको प्रयोग भयो । र, त्यसमा केही सीमाहरु चाँहि छन् । प्रगतिवादले समाजवादी यथार्थवादले जस्तो दार्शनिक, वैचारिक, ऐतिहासिकको समग्रतालाई बुझाउँदैन । खासगरी समाजवादी यथार्थवादका मुलभूत विशेषता के हो ? समाजवादी यथार्थवादमा दुईवटा शब्द गाँसिएका छन् एउटा यथार्थवाद, अर्को समाजवाद । यसले समग्रतालाई व्यक्त गर्छ । यथार्थवादले त्यसको इतिहासको सिर्जनशील निरन्तरतालाई देखाउँछ भने समाजवादीले त्यसमा पारेको दार्शनिक, विचारधारात्मक, कलात्मक प्रभाव र आधार समेतलाई जोड्छ । समाजवादी यथार्थवादले गतिशील यथार्थप्रतिको पूर्ण निष्ठाको अपेक्षा गर्छ । अझ भनौं क्रान्ति र संघर्षप्रतिको एकखालको निरन्तरताप्रतिको सत्यनिष्ठा, सत्य आस्था हुनु पर्छ भन्ने अपेक्षा राख्छ । सँगसँगै यसले माक्र्सवादी–लेनिनवादी विश्व दृष्टिकोणको, विश्व दृष्टिकोणसँगको आवद्धताको अपेक्षा पनि गर्छ । सँगसँगै ऐतिहासिक आशयसहितको यथार्थको ठोस चित्रण गर्ने कुरामा जोड दिनुपर्छ र जीवनको सक्रिय प्रतिविम्बन मात्र होइन कि प्रारुपीकरण र कध चरणको आदर्श नायक, आदर्श वस्तु, आदर्श परिवेशको अपेक्षा पनि यसले गर्छ । अर्को शब्दमा भन्दा वर्ग, विचार र यथार्थप्रतिको सक्रिय प्रतिबद्धता अथवा पार्टी, तत्कालिन समयको सबभन्दा क्रान्तिकारी विचार अनि संघर्षशील सर्वहारा वर्गप्रतिको प्रतिवद्धता, पक्षधरताको माग यसले गर्दछ । अनि नयाँ जीवन र क्रान्तिप्रतिको आशावादिता समाजवादी यथार्थवादका मूलभूत अभिलक्षण र प्रवृत्ति हुन् ।

समाजवादी यर्थाथवादी लेखनका अभिलक्षणहरु अहिलेको सन्दर्भमा वर्ग संघर्षसंग जोडिएर लेख्ने कुरा हो । जसले वर्ग संघर्ष र सर्वहारा अधिनायकत्वलाई केन्द्रमा राख्छ, मालेमावादी दर्शनलाई आत्मसाथ गर्छ र क्रान्तिकारी विचारप्रतिको प्रतिवद्धता राख्छ ऊ नै समाजवादी यथार्यवादी स्रष्टा तथा सर्जक हो । नेपालको सन्दर्भमा ठोस रुपमा भन्दा १० वर्षको जनयुद्ध र संगसंगै विभिन्न किसिमका संघर्षहरु, जनसंघर्षहरु, आन्दोलनबाट एउटा निश्चित चरणमा हामी उभिएका छौं । अहिले नायकहरु खलनायकमा रुपान्तरित भएका छन् । आदर्शबाट च्यूत भएको, वर्ग संघर्षको हतियारलाई नदीमा फ्याँकेको अवस्था विद्यमान छ । संसदीय पथमा क्रान्तिकारी आदर्शलाई विलोपन गरी गर्ने तत्व वा शक्तिहरु क्रियाशील छन् । के यसलाई हामीले संशोधनवाद होइन भन्ने ? जगजाहेर छ । एकदम यथार्थ छ । अहिले कोही रायमाझी बनेका छन् । इतिहासमा कोही मनमोहन जी बनेका छन् । कोही खु्रश्चोभ बनेका छन् । यहाँका स्रष्टाहरु पनि यो स्थितिबाट प्रभावित छन् । त्यसबाट प्रभावित हुने लेखकहरु ढलपलाएको अवस्था छ । उसले विषयको चयन क्रान्तिकारी आदर्शको नायक बन्दैन । उसको लागि क्रान्तिकारी नायकहरुको आदर्श प्रिय बन्दैन । वर्ग संघर्ष प्रिय बन्दैन । सर्वहारा वर्गको अधिनायकत्व प्रिय बन्दैन । हिसांत्मक विद्रोह प्रिय बन्दैन । उसको लागि त्यो भन्दा विपरीत जो बुर्जुवा पथ नै सुन्दर, निर्मल, कन्चन लाग्न थाल्छ । थालेको देखिंदैछ ।

अहिलेसम्मको वैचारिक विकासको अवस्थालाई हेर्ने हो भने मालेमावादी दार्शनिक जुन वैचारिक राजनैतिक अवधारणा छ, त्यो अवधारणालाई निषेध गर्नेहरु समाजवादी यथार्थवादी हुन सक्दैनन् । वर्ग संघर्ष, सर्वहारा अधिनायकत्व, सर्वहारा मानवतावाद र क्रान्तिको पक्षमा सचेत र सजग भएर कलम चलाउने सर्जकहरु नै प्रगतिवादी हुन्, समाजवादी यथार्थवादी हुन् । (२९ पौषमा इच्छुक साँस्कृतिक प्रतिष्ठानले प्रतिष्ठानको सभाहलमा आयोजना गरेको अक्टोबर क्रान्तिको सतबार्षिकी र नेपाली साहित्यको सन्दर्भ विषयक बहसमा प्रा.डा. जगदीश चन्द्र भण्डारीले व्यक्त गरेको विचारमा आधारित)

प्रतिक्रिया

सम्बन्धित खवर