
चितवन, ३ माघ । निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्ड बुधबार रातिबाट पुनः बन्द हुने भएको छ । माघे संक्रान्तिको अवसरमा पुस २९ गतेबाट खुल्ला रहेको सडकखण्ड बुधबार राति १० बजेबाट विहान ४ बजेसम्म बन्द हुने भएको हो ।
यसअघि गत पुस १८ गतेबाट रातिमा सडक बन्द गरी निर्माणको काम सुरु गरिएको थियो । माघे संक्रान्ति मेलामा देवघाट दर्शनका लागि आउने भक्तजनहरुको सुविधालाई ख्याल गरी पुस २९ देखि माघ २ गतेसम्म सडक सुरु गरिएको थियो ।




अब पुनः राति काम सुरु हुने भएकोले सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए सम्झौता मिति सकिन एक महिना मात्र बाँकी हुँदा आयोजनाको काम ६८ प्रतिशत सम्पन्न भएको छ ।