
सप्तरी । हालै भएको विद्यार्थीहरुको एक भेलाले नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीको इकाइ कमिटि गठन भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. १ मा भएको उक्त भेलाले गायत्री विकको संयोजकत्वमा सो इकाइ कमिटि गठन गरिएको हो ।
भेलाले इकाइ कमिटिका सदस्यहरुमा अप्सरा परियार, ज्ञानेन्द्र विक, सुशिला विक, कवित निरौला, रुपा गजमेर, तुलशा थापामगर, विशाल वस्नेत र रोमा खनाल रहेका छन् । उक्त भेलामा देजमोका २ न. संयोजक कमल चौधरी, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज मोहनसिंह तामाङ्ग, देजमो सप्तरीका संयोजक सुर्य नारायण चौधरी लगायत नेताहरुको उपस्थित रहेको थियो ।
यसैबीच नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले सुरुङ्गा नपाको वडा नं. १ मा रहेको पार्टी, संयुक्त मोर्चा तथा जबस मोर्चाका स्थानीय कमिटिहरुलाई संयुक्त रुपमा वैचारिक राजनीतिक प्रशिक्षण दिनुभएको थियो ।
नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको क्रान्तिकारी माओवादीले हालै सम्पन्न केन्द्रीय समितिको बैठकबाट तीन महिने संगठन तथा जनपरिचालन अभियान संचालन गर्ने निर्णय गरे लगत्तै क्रान्तिकारी माओवादी संगठन विस्तारमा जुटेको छ ।






























