झर्रोटर्रो : फैसला

झर्रोटर्रो : फैसला

यमराजको उच्च अड्डामा केही वर्ष अगाडिदेखि एउटा मुद्दा चलेको थियो । हुनत उच्च अड्डामा एउटा मात्रै नभएर हजारौँ मुद्दाहरू हुन्छन्, चलिरहन्छन् । तर एउटा मुद्दामा भने ने नामका मुनिले राज्य गरेको पृथ्वीलोकमा निकै चर्चा, चासो र चिन्ताको विषय बनेको हो । मुद्दाले केही वर्ष गुजा¥यो । विचाराधिनमा रहेको मुद्दा गएको हप्ता मुख्य इजलासबाट फैसला भई आयो । मुख्य इजलास सर्वमाननीय परम् पूज्य प्रमुख न्यायमुर्ति महाराज र उहाँका भित्रियापट्टिका सहायक न्यायमूर्तिको थियो । सो इजलासले विगतमा विवादमा रहेर यमलोकमा चर्को आन्दोलन चर्किएपछि पदबाट हटाइएको विषयमा पुनर्वाहालीको फैसला गरेको थियो । रोगी मनुखेहरूको शरीर काटकुट पारेर चिरफार गर्ने, ओक्तोमुलो गर्ने डाक्टर जन्माउने विषयको पढाई हुने कलेजको सोही डिपार्टको मुखिया नियुक्तिको विषयमा झैझमेला परेर झगडा परेपछि निज मुखियालाई पदबाट हटाइएको विषयमा यमराजको उच्च अड्डामा पदवहाली गरिपाउँ भनि दिइएको मुद्दा थियो त्यो । उतिवेला नियुक्त गर्ने निकायबाटै हटाइएका मुखियालाई यमराजको उच्च अड्डाबाट निजलाई पुनर्वाहाली गर्नु भनि फैसला हानेपछि उक्त फैसलाका बारेमा प्रश्न उठ्यो ।

उच्च अड्डाको फैसलाको विषयलाई लिएर मनुखेका हाडखोरका बारेमा ओक्तोमुलो गर्ने एकजना डाक्टरले त्यस निर्णयमा धनधान्यको चलखेल भयो, यो फैसला गर्ने प्रमुख र उनका सहयोगी भ्रष्ट भएको, ऊ न्यायमुर्ति हुन योग्य नभएको उसको जन्मकुण्डली पनि दुईवटा भएको आदि इत्यादि भन्दै सार्वजनिक रूपमा भण्डाफोर गर्दै विरोध गरे । त्यसपछि त प्रमुख न्यायमुर्तिको पारो तातियो । कन्सिरीका रौँ बँदेलका जग्गरझैँ ठाड्ठाडा भए । संविधानको व्याख्या गर्ने, रैती मनुवा भन्दा उच्च दर्जाको, प्रेतकालका राजाहरू भन्दा पनि माथिल्लो दर्जाको, कस्लाई ठेँडुकोमा कोच्ने र कस्लाई उन्मुक्ति दिने भनेर ‘भाग्य’को निर्धारण गर्ने, नियम, कानून मुठीभित्रै राखेको, यत्रो ओहोदाको परमाधिपतिलाई नानाथरीका नन्दीभृङ्गीका आरोप लगाउने हैसियत कसरी प्राप्त भयो ? यो त उच्च अड्डाकै घोर अपमान हो, जघन्य प्रकारले मानमर्दन भयो भन्दै आफ्ना कारिन्दालाई अह«नखटन गरेर निज डाक्टरका पनि डाक्टर महाडाक्टर कहलिएका विरोधीलाई पक्राउ गरी ठेँडुकोमा कोच भन्दै आफ्ना यमदूतहरू खटाए । तत्क्षण कुनै विलम्व नगरी यमदूतहरू निज विरोधीको कार्यथलोमा गएर पक्राउ गरी उच्च अड्डामा हाजिर गराए ।

डाक्टर पनि केको कम्ता थिए र । ‘लौ लैजाऊ मलाई जहाँ लैजान्छौ, म त ज्यानको बाजी थापेर यो राज्यका सबै क्षेत्रका कुलाङ्घारहरूका विरुद्ध लडेको छु’ भने । त्यसपछि खुरुखुरु यमदूतको गाडिमा चढेर यमराजको उच्च अड्डामा हाजिर भए । उच्च अड्डामा उनको वयान लिइयो । वयान यस्तो रह्यो ः

प्रश्न ः हाम्रो प्रमुख न्यायमुर्ति भनेको नियम कानून, संविधान र उहिलेका राजामहाराजा भन्दा पनि ठूलो होइस्सिन्छ, तिमीजस्तो रोगले मर्नलागेका मनुखेका गुहुमुत सोहर्ने, ¥यालसिगान पुछ्ने, भाँचिएका हाडखोर जोड्ने नाथे जस्तो हो र ? मनुखेलाई सतको सत न्याय दिने पो हो त बुभ्mयौ ? यस्ता सर्वश्री परमाधिपतिलाई नानाभाँती आरोप लगाएर मानमर्दन गरेर वक्तव्यबाजी गर्ने तिमी को हौ ? आफ्नो तीनपुस्ते सहित वताऊ ?

उत्तर ः हो हजुर म तपाइँले भनेजस्तै रोगी मनुखेको स्याहार सुसार गर्छु र उनलाई साँच्चैको मनुखेन्याय दिन्छु । तपाइँका प्रमुखले त घोर अन्याय गरेर बासी मुद्दामा फैसला हान्नु भो । यसमा पक्कै पनि लेनादेनाको सम्वन्ध भएको मलाई सङ्का छ । जहाँसम्म मेरो तीन पुस्तेको कुरा छ, म मेरा हजुरबाउको नाति, आफ्नै बाउको छोरो हाडखोरे डाक्टर हुँ ।

प्रश्न ः रोगी मनुखेको सङ्गत गर्दागर्दै तिम्रो दिमाग खुस्किए जस्तो छ । तिमी बौलाएका त छैनौ ? नत्र यसरी हाम्रा प्रमुख ज्युको मानमर्दन गर्न सद्दे मनुखेले कसरी सक्छ ?

उत्तर ः मलाई कुनै प्रकारको रोग छैन । म सद्दे छु । बरू तपाईका प्रमुख श्रीमान्को दिमाग पो चेक गर्नु पर्छ कि ? नत्र ३ करोड मनुखेको स्वास्थ्यमा खेलबाड गर्ने गरी फैसला कसरी गर्नुहुन्थ्यो ? मलाई समर्थन गर्नेहरू साराका सारा सडकमा ओर्लिएर नाराबाजी गरेका छन् । वकिल पनि सय भन्दा बढिले समर्थन ग¥या छन् । तपाइँका त सरकारी हण्डि खाएका गोडा चारेक वकिलले मात्रै समर्थन ग¥या छन् । मैले उठाएको कुराले कत्रो तहल्का मच्चाएको छ बुझ्नु भो ?

प्रश्न ः यहाँ के कति कारणले र किन आएको ?

उत्तर ः आफैलाई सोध्नु यो प्रश्न । आफैले यमदूत पठाएर विरामीको ओक्तोमुलो गर्न थालेको मनुखेलाई पक्डेर यहाँ ल्याउने, उल्टो मलाई के कामले किन आएको भनेर सोध्ने ? हैन यो अड्डाखाना होकी दिमाग खुस्केकाहरूको कचहरी थलो ? बरू मलाई भनियोस् के कति कारणले पकडेर यहाँ ल्याएर केरकार गरिँँदै छ ?

प्रश्न ः प्रमुख न्यायमुर्ति भन्नु नै प्रमुख उच्च अड्डा हो । न्यायमुर्तिको विरोध र मानमर्दन गर्दा अड्डाको नै मानमर्दन हुन्छ भन्ने तिमीलाई थाहा छैन ?

उत्तर ः मैले उच्च अड्डाको मानमर्दन गरेको छैन । प्रमुखको अत्याचारी र भ्रष्टाचारी निर्णयको मात्रै विरोध गरेको हुँ । यहाँ पनि गर्छु । तपाइँका प्रमुख अयोग्य हो । यस्ता अयोग्यले गरेको फैसला अन्यायपूर्ण नै हुन्छ भन्ने मेरो ठहर छ । उहाँको योग्यता र जन्मकुण्डी समेत छानविन होस् ।

यसरी यमराजको उच्च अड्डामा वहस भयो । मुख्य न्यायमुर्तिको विरोधमा उत्रिएका हाडखोरे डाक्टरलाई केहीदिन थुनामा राख्ने आदेश भयो । उनलाई त्यहाँबाट यमदूतहरूले आफ्नो गाडिमा हाले र खोरतिर लगे । सुन्नेलाई सुनको माला, लेख्नेलाई नाङ्गो छाला, यो कथा खबरकागजमा जाला र अन्त्यमा अनलाइनले खाला ।

२८ पुस २०७४