क्रान्तिकारी माओवादी ३ नं. प्रदेशद्वारा श्रद्धाञ्जली व्यक्त

क्रान्तिकारी माओवादी ३ नं. प्रदेशद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । पार्टीका काभ्रे जिल्ला सदस्य तथा नेवा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य सौरभ कायस्थकी आमा सकुन्तला कायस्थको ८२ वर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गर्दै नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशले दिवंगत सकुन्तला कायस्थप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

क्रान्तिकारी माओवादीका ३ नं. प्रदेशका सचिव तथा पार्टी पोलिटब्यूरो सदस्य दिनेश शर्मा‘सागर’ले एक वक्तव्य जारी गरी श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । काभ्रेको बनेपा नगरपालिका निवासी सकुन्तला कायस्थको पौष २७ गते भएको निधनबाट शोकसन्तप्त बनेको परिवारजनप्रति पार्टीको तर्फबाट हार्दिक समवेदना प्रकट गरिएको छ ।