
एजेन्सी, २७ पुस । इरानमा लागुऔषध सम्बन्धि भएको कानून संशोधनले त्यस सम्बन्धि मुद्दा र सजायको प्रतिक्षामा रहेका कैदीहरुलाई राहत मिल्ने देखिएको छ ।
त्यहाँ लागूऔषधसँग जोडिएका केही अपराध विरुद्धको मृत्युको सजायँमाथि रोक लगाइएको छ । इरानको न्यायपालिकाका प्रमुखले मृत्युदण्डको सुनाइएको मामिलालाई पुनारावलोकल गरिने बताइएको छ ।
कानूनमा भएको उक्त परिवर्तनपछि त्यहाँ मृत्युदण्डको सजाय तोकिएका करिब ५ हजार कैदीहरुलाई राहत मिल्ने सक्नेछ । इरानको पुरानो कानून अनुसार तीस ग्राम कोकिन राखेको फेला परेमा मृत्युदण्डको सजाय हुनसक्छ र हालको नयाँ कानूनले त्यसको मात्रालाई बढाएर दुई किलोग्रामसम्म र्पुयाएको छ ।
इरानमा हरेक बर्ष सयौं कैदीहरुलाई मृत्युको सजाय दिइन्छ, तिमध्ये धेरै कैदीहरु लागूऔषध मामिलासँग जोडिएका हुन्छन् । उक्त पुरानो कानूनलाई अगस्टमा संशोधन गरिएको थियो ।