काठमाडौं । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई साधारण तारिखमा रिहा गरेको छ । न्यायधीशहरु बमकुमार श्रेष्ठ र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सो आदेश दिएको हो । अदालतले प्रधानन्यायधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रहरुको विषयमा समेत जिल्ला प्रशासन कार्यालयमा बुझ्न भनिएसँगै पराजुलीमाथि राजीनामाका लागि दबाब बढेको छ ।

आदेशमा डा.शशी शर्माको मुद्दाबारे सर्वोच्चबाटै मिसिल झिकाएर अध्ययन गर्ने जनाइएको छ । सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई कारबाही गर्न र डिन डा. शशि शर्माको पुनर्बहाली खारेज गर्नुपर्ने माग राख्दै अनशनमा बस्दै आएका डा. गोविन्द केसीले जारी अनसनबारे बिहीबार निर्णय लिने जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर