काठमाडौं, १४ पुस । भारतीय सहर मुम्बइको कमला मिल्समा शुक्रबार बिहानैदेखि भएको लागलागीमा परी मृत्युहुने संख्या १४ पुगेको किङ्ग इड्वार्ड मेमोरिएल (केइएम) अस्पतालले शुक्रबार जानकारी दिएको छ ।
यस आगलागीमा परी अन्य १२ व्यक्ति घाइते छन् । उनीहरुको सोही अस्पतालामा उपचार भइरहेको सोही अस्पतालका मेडिकल अधिकारी अभिनास सुपेले जानकारी बताएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । आगो नियन्त्रणमा लिइएको बताइएको छ ।
आगलागीको कारण पत्ता लागेको छैन । प्रहरीले सो कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाइएको छ । आगलागीमा परी ज्यान गुमाएका व्यक्ति को हुन् भन्ने बारेमा पनि खुलाइएको छैन । आगलागीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जलि प्रकट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परिवारका सदस्यजनप्रति समवेदना व्यक्त गरेका छन् ।
यस दुःखको घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् र यस घटनाबाट घाइते भएका व्यक्तिहरुको छिटै स्वास्थ्य लाभ होस् भनी भारतीय प्रधानमन्त्री मोदीले ट्वीटमार्फत दुख्ख व्यक्त गरेका छन् ।





























