काठमाडौं ।दैलेख आठवीस नगरपालिका अन्तर्गत राकम कर्णालीमा स्यायी बसोवास गर्ने पूर्व जनमुक्ति सेना कमाण्डर झरना माझीले माओवादी केन्द्रलाई विचार, कार्यकर्ता र जनता छाडेको भन्दै माओवादी केन्द्र परित्याग गरी देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालमा प्रवेश गरेकी छन् ।
माओवादी केन्द्रका नवसम्भ्रान्त वर्गले जनताको मुक्तिको सपनाको हत्या गर्दै विदेशी शक्तिकोनव दलालका रुपमा उभिन पुगेपछि माझीले उक्त पार्टीबाट विद्रोह गरी वास्तविक क्रान्तिकारी पार्टीामा प्रवेश गर्नु परेको कुरामा जोड दिएकी छिन् । उनले आफ्ना समकालीन साथी तथा कमरेडहरुलाई बेलैमा सही बाटो पहिल्याउन र अगाडि बढ्न आह्वान पनि गरेकी छन् ।
चेतन माझी, बलबहादुर सलामी, धनबहादुर बस्नेत, कृष्ण खनाल, मोतिराम खनाल, डिल्ली उपाध्याय, विसाल वि. क., जयपति वि.क., श्रीनन्द खनाल, कृष्ण पुलामी, रामबहादुर वि.क. लगायतको युवापंक्ति कमाण्डर माझीसँग देशभक्त जनगणतान्त्रिक मोर्चामा प्रवेश गरेको थियो ।