काठमाडौंको अमादब्लम होटलमा भारतीय नागरिकको हत्या

काठमाडौंको अमादब्लम होटलमा भारतीय नागरिकको हत्या

काठमाडौं, १३ पुस । काठमाडौंको गौशालास्थित अमादब्लम होटलमा एक भारतीय नागरिकको हत्या भएको छ । बुधबार राती भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको बताइएको छ ।

बुधबार मध्यराती कुटपिटका कारण गम्भिर घाइते भएका गुरुङलाई उपचारको लागी केएमसी अस्पतालमा भर्ना गरिएको थियो । गुरुङ बुधबार देखि सोही होटलमा बस्दै आएका थिए ।

हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले डोंगी शेर्पा सहित पाँच जना होटलका कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा होटल प्रशासन र गुरुङबीच झगडा र कुटपिट भएको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी अनुपम श्रेष्ठले बताए । उनले भने, ‘होटल प्रशासन र गुरुङबीच झगडा भएको देखिएको छ, थप अनुसन्धान गरिरहेका छौं ।’