प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु

प्रकाशित मिति : २०७४ पुस ७

म्यादी । तलब कटाएको विरोधमा म्यादी प्रहरीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुने म्यादी प्रहरी शान्नी त्रिवेणी गाउँपालिका–५ तिकुवा निवासी १९ वर्षका बिबेक ऐडी रहेकोे प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरुले ढुंगामुढा गरेपछि गोली चलाउनु परेको प्रहरीले बताए पनि आन्दोलनकारी म्यादी प्रहरीहरुले भने माग पुरा गर्नुको सट्टा अनावश्यक बल प्रयोग गरी आन्दोलनलाई तितरबितर बनाउन खोजेको र म्यादी प्रहरी ऐडीको हत्या गरेको आरोप लगाएका छन् । उनीहरुले आफ्नो माग पुरा नगरेसम्म आन्दोलन जारी राख्ने बताए छन् ।