
गोरखा जिल्लामा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार राम नेपाली र २ ख) का प्रदेशसभाका उम्मेदवार छविलाल घलेसहित आ–आफ्नो टोली बनाएर चुनावी प्रचार प्रसारमा लागिरहेका छौं । बाम गठबन्धन र कांग्रेस–नयाँ शक्तिको गठबन्धनले चुनावलाई धेरै विकृत बनाएको छ । नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराईजस्ता लेण्डुप दोर्जेहरुले वैदेशिक ईशारामा चलेर देशलाई खतरामा पारिरहेका छन् । प्रतिक्रियावादी र संशोधनवादीहरुसँग लड्न चुनौति रहेता पनि जनताका बीचमा घरदैलो, कोणसभा, प्रचार प्रसार गर्दै पार्टीका विचारहरु पु¥यारहेका छौं ।
पूर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईले भारतसँग गरेको राष्ट्रघाती बिप्पा सम्झौता, नारायणकाजी श्रेष्ठ र उनको पार्टीले गरेको वर्गीय, राष्ट्रिय आत्मसमर्पणको भण्डाफोर गर्दै अगाडि बढिरहेका छौं । जनतामा क्रान्तिप्रति विश्वास पुनः जागृत हुँदै गइरहेको छ । क्रान्तिलाई निरन्तरता दिन, क्रान्तिको झण्डा बोकिरहेको वैद्य माओवादी, देजमो अझै रहेको जनताले महसुस गरेको पाइरहेका छौं । जनतालाई पैसामा खरिद गर्ने, मोटरसाइकल देखि ट्याक्टरसम्म खरिद गरिदिने प्रलोभन देखाएर जनतालाई दुष्प्रभावित बनाउने प्रतिक्रियावादी र संशोधनवादी दलहरुको विहारी चुनावी शैलीको भण्डाफोर अझ बढी गर्नुपर्ने देखिएको छ ।
यसको विरुद्ध जनतालाई नै राज्यसत्तामा पु¥याउने अभियान देजमोले चलाइरहेको छ, जनतालाई प्रशिक्षित गर्दै गइरहेका छौं । चुनाव पछि बाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन भन्ने दलहरु ठग पार्टी रहेछन् भन्ने कुरा हाम्रो अभियानले अझै बुझ्न सहयोग गर्नेछ । चुनाव उपयोगको कुरा कार्यनीतिक मात्र भएकोले अहिले जनताका बीचमा पार्टी, मोर्चाका एजेण्डाहरुलाई स्थापित गराउने कार्यक्रमहरुलाई व्यवस्थित गर्दै गइरहेका छौं ।यहाँका ठुला पार्टी भनाउँदाहरुले देश बेचिरहेका छन्, चुनावपछि फेरि पनि यी पार्टीहरुकै हातमा देश गयो भने देशै नरहने खतरा हुनसक्छ, भारतमा नै विलय गराउन सक्छन् । त्यसैले सबैभन्दा पहिले देश बचाउने काम गरौं । बाँकी रहेको क्रान्तिको अभिभारा पुरा गर्न, राष्ट्रिय स्वाधीनताको आन्दोलन बाँकी नै छ, वर्गीय शोषणको अन्त्य बाँकी छ, जनताको अधिकार स्थापित गराउन बाँकी छ ।
तसर्थ यी काम पुरा गर्न हामीलाई जिताउन जरुरी छ । भोट दिनु नदिनु जनताको आफ्नो अधिकारको कुरा हो त्यसमा हामीले जवर्जस्ती गर्ने कुरा भएन । तर जनतालाई के आव्हान गरिएको छ भने देशलाई कस्तो अवस्थामा पु¥याउने भन्ने विषयमा जनता सचेत, सजग बन्नै पर्दछ, विवेक प्रयोग गर्नै पर्छ । हामीले संसदवादीहरुले जस्तो जनतालाई विकासका फोस्रा आश्वासन, भ्रम दिएका छैनौं । राज्य व्यवस्था बदल्न, जनताको अधिकार सुनिश्चित गर्न हाम्रो पार्टी र मोर्चा क्रान्ति, आन्दोलन र परिवर्तनका निम्ति प्रतिबद्ध छ । हामीले जनतालाई धोका दिने छैनौं, जनताको मतले हामीले जितेमा हाम्रो जित विद्रोहमार्फत् राज्यव्यवस्था बदल्न नै सदुपयोग हुनेछ । (कुराकानीमा आधारित)