यु–१९ एसिया कप छनौट खेलमा नेपाल किर्गिस्तानसँग २–० ले पराजित

यु–१९ एसिया कप छनौट खेलमा नेपाल किर्गिस्तानसँग २–० ले पराजित

काठमाडौं, १४ । उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपाल किर्गिस्तानसँग २–० ले पराजित भएको छ । खेलको २१ औँ मिनेटमा १–० ले पछि परेको नेपालले दोस्रो हाफको इन्जुरी समयमा गोल खाँदा २–० ले पराजित भयो ।

१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् । नेपालले १६ गते बहराइन, १८ गते युएई र २२ गते ओमन सँग खेल्ने छ ।