
हालसालै म क्रान्तिबारे सुखानोभका टिप्पणीहरु हर्दै थिएँ । दोस्रो इन्टरनेशनलका सबै महापुरुषहरुको जस्तै हाम्रा सबै निम्नबर्जुवा जनवादीहरुको पण्डित्याईं पनि यहाँ विशेष स्पष्टतासहित देखा पर्न जान्छ । यिनीहरु सा¥है काँतर मात्र भएका होइनन्, जर्मन आदर्शबाट अलिकता पनि पछि हट्ने प्रश्न उठ्नासाथ यिनीहरुका सबभन्दा गतिला मान्छेहरु पनि नानाथरीका बहाना बनाएर आफ्नो बचावट गर्न खोज्छन् । यो विशेषताबाहेक, जुन प्रायः निम्न बुर्जुवा जनवादीहरुमा एकैनासले भेट्टाइन्छ र पुरा क्रान्तिकालमा नै यिनीहरुले आफ्नो निम्नबुर्जुवा चरित्रको परिचय यथेष्ट मात्रामा दिइसकेका छन्, अर्को निकै घोच्ने कुरा के छ भने यिनीहरु आँखा चिम्लेर अतीतको अनुकरण गर्दछन् ।
यिनीहरु आफूलाई माक्र्सवादी भन्ने गर्छन्, तर माक्र्सवादसम्बन्धी यिनीहरुको समझदारी असम्भव तरिकाले पाण्डित्याईंपूर्ण हुने गर्दछ । माक्र्सवादको आधारभूत कुरा अर्थात् यसको क्रान्तिकारी द्वन्द्ववादलाई यिनीहरुले ठ्याम्मै बुझेका छैनन् । क्रान्तिका क्षणहरुमा ज्यादाभन्दा ज्यादा लचिलोपनको आवश्यकता हुन्छ भन्ने माक्र्सको त्यो उक्ति यिनीहरुले देख्या नदेख्यै गरे, जुन उहाँले आफ्नो पत्रमा, मेरो विचारमा सन् १८५६ तिरको पत्रमा मजदूर आन्दोलनसँग जेलिएको किसान युद्धले जर्मनीमा क्रान्तिकारी स्थितिको प्रादुर्भाव गर्न सक्छ भन्ने विचार अभिव्यक्त गर्नुभएको थियो । उनीहरु यस उक्तिको आपसमा र वरिपरि त्यस्तै किसिमले मडारिरहेका हुन्छन्, जसरी कुनै बिरालो खीरको वरिपरि र आसपासमा चक्कर लगाइरहेको हुन्छ ।
उनीहरुको सम्पूर्ण आचरणले उनीहरुलाई काँतर सुधारवादीहरुको रुपमा प्रस्तुत गरेको छ, जो बुर्जुवावर्गसँग सम्बन्ध–विच्छेद् गर्ने कुरा त परै जाओस्, यस वर्गबाट टाढा हट्न समेत डराउँछन्, साथै आफ्नो यो डरछेरुवापन अति निर्लज्ज शब्दाडम्बर तथा डीङबाजीद्वारा ढाकछोप गर्न खोज्छन् । परन्तु विशुद्ध सैद्धान्तिक दृष्टिकोणले समेत यिनीहरुले माक्र्सवादका निम्न धारणाहरु ठ्याम्मै बुझ्न सकेका छैनन् भन्ने कुरा स्पष्ट हुन जान्छ– यिनीहरुले अझसम्म पश्चिमी यूरोपमा पूँजीवादी तथा बुर्जुवा जनवादको एउटै निश्चित बाटो देख्दै आएका छन् र यिनीहरु के कुरा कल्पनासम्म पनि गर्न सक्तैनन् भने मात्र mगतबतष्क mगतबलमष्क८ निश्चित संशोधनहरु गरिसकेपछि मात्र (जुन कुरा विश्व इतिहासको आम विकासको दृष्टिकोणले बिलकुल नगन्य छ) यस पथलाई आदर्श ठान्न सकिन्छ ।
पहिलो कुरा– पहिलो विश्वव्यापी साम्राज्यवादी युद्धसँग सम्बन्धित क्रान्ति । यस्तो क्रान्तिमा नयाँ विशेषताहरु अथवा यसै युद्धले पैदा गरेका नयाँ रुपान्तरणहरु देखा पर्नु स्वाभाविक हो किनभने विश्वमा यस्तै परिस्थितिमा यस्तै लडाइँ कहिल्यै भएको थिएन । अहिलेसम्म हामी के देख्दै छौं भने यस युद्धपछि सबभन्दा धनी राष्ट्रहरुमा बुर्जुवावर्ग ‘सामान्य’ बुर्जुवा सम्बन्ध कायम गर्न असफल भएका छन् । हाम्रा सुधारवादीहरु, ती निम्नबुर्जुवाहरु, जो क्रान्तिकारी भएको ढोंग रच्छन्, सामान्य बुर्जुवा सम्बन्ध नै अन्तिम सीमा हो (यहाँबाट अगाडी बढ्न सकिन्न) भन्ने कुरामा विश्वास गर्दथे र अहिले पनि विश्वास गर्दछन्, फेरि यो ‘सामान्यता’ उनीहरु एकदम तुच्छ तथा संकीर्ण तरीकाले बुझ्ने गर्दछन् ।
दोस्रो कुरा हो–विकासक्रमको आम नियमितताको बावजुद सम्पूर्ण विश्व इतिहासमा यस्ता विशेष रेखाहरु हुने गर्छन् जुन अपवाद मात्र नभएर स्वाभाविक समेत ठानिन्छन् र जसले यस किसिमको पृथक रुपहरु तथा व्यवस्थाहरु प्रस्तुत गरिरहेका हुन्छन् भन्ने कुरा उनीहरुलाई ठ्याम्मै थाहा छैन । उहाहरणको लागि आज रुस ती उन्नत राष्ट्रहरु र ती राष्ट्रहरु, जो पहिलोपल्ट निश्चित रुपमा सभ्यताको घेराभित्र पर्न गएका छन्, अर्थात ती सब पूर्वेली, गैरयूरोपेली देशहरुका बीचमा रहेको सीमा–रेखामा उभिएको छ, तसर्थ यहाँ केही त्यस्ता खास विशेषताहरु देखा पर्न सक्तछन् र ती विशेषताहरु देखा पर्नु स्वाभाविक पनि हो, जसले विश्वको विकासक्रमको सामान्य दिशाको अनुसरण गर्दा गर्दै पनि आफ्नो क्रान्तिलाई पश्चिमी युरोपेली देशहरुमा यसभन्दा पहिले भएका सब क्रान्तिहरुको अपेक्षा एक विशिष्टता प्रदान गर्नेछ र जसले पूर्वेली देशहरुमा क्रान्तिको अग्रसरताको साथै आंशिक रुपमा केही नयाँ कुराहरु प्रचलनमा ल्याउनेछ भन्ने कुरा उनीहरु सपनामा पनि सोच्न सक्तैनन् ।
उदाहरणको लागि हामी समाजवादको लागि परिपक्व भैसकेका छैनौं अथवा उनीहरु मध्येकै केही ‘विद्वान’ महानुभावहरुले भने झैं समाजवादको लागि आवश्यक वस्तुपरक आर्थिक पृष्ठभूमि तयार भैसकेको छैन भन्ने पश्चिम यूरोपेली सामाजिक जनवादको विकासक्रममा कण्ठ पारोक यस्ता तर्कहरु निकै सस्ता खालका हुन् । उनीहरुमध्ये कसैलाई यस्तो प्रश्न सोध्ने कुरा दिमागमा आउँदैन –के पहिलो साम्राज्यवादी युद्धको सिलसिलामा पैदा हुन गएको क्रान्तिकारी स्थितिमा आफूलाई पाउँदा, आफ्नो निराशाजनक स्थितिले गर्दा जनता संघर्षको मैदानमा हाम फाल्न सक्तैन, जसले उनीहरुको लागि सम्यताको भावी विकासका परिस्थितिहरु तयार पार्ने कम से कम भए पनि मौका दिनेछ चाहे ती परिस्थितिहरु सामान्य परिस्थितिहरुभन्दा केही फरक नै किन नहोउन,
‘रुस उत्पादन शक्तिहरुको विकासको त्यस स्तरसम्म पुगिसकेको छैन जहाँ समाजवादको स्थापना सम्भव हुन्छ ।’ यस प्रस्थापनासँग दोस्रो इन्टरनेशनलका सब महापुरुषहरु, जसमध्ये सुखानोभ पनि निसन्देह पर्न जान्छन्, यसरी टाँसिएका छन् जसरी कुनै नयाँ खेलौनासँग एउटा बच्चा छुट्न चाहँदैन । यस निर्विवाद प्रस्थापनालाई उनीहरु हजारौं तरीकाले चपाउँछन र हाम्रो क्रान्तिको मूल्यांकनको लागि यही प्रस्थापना निर्णायक कसौटी हो भन्ने ठान्दछन् ।
तर के गर्ने हो यदी परिस्थितिको विशेषताले रुसलाई सबभन्दा पहिले त, त्यस विश्व साम्राज्यवादी युद्धभित्र हुल्यो, जसमा पश्चिमी युरोपका सब जस्ता धेरथोर प्रभावशाली देशहरु फँसेका छन्, जब पूर्वमा क्रान्तिहरु शुरु हुन थाले अथवा आंशिक रुपमा शुरु भैसकेका छन्, त्यस बेला रुस विकासको त्यस्तो स्थितिमा पर्न गयो जब हामी ‘किसान युद्ध’ र मजदूर आन्दोलनको बीचमा ठकि त्यही सम्बन्ध कायम गर्न सफल भएका छौं, जसलाई स्वयम माक्र्स जस्ता ‘माक्र्सवादीले’ सन् १८५६ मा प्रुशियाको लागि एक सम्भावनाको रुपमा देख्नु भएको थियो ?
त्यस बेला के गर्ने हो जब परिस्थितिको पूर्ण निरुपायताले मजदूर तथा किसानहरुको शक्ति दश गुना बढाइदियो र हामीकहाँ सभ्यताको आधारभूत पृष्ठभूमि सिर्जना गर्नको लागि दश गुना बढाइदियो र हामीकहाँ सभ्यताको आधारभूत पृष्ठभूमि सिर्जना गर्नको लागि अरु सब पश्चिम यूरोपेली देशहरुमा भन्दा भिन्दै किसिमका सम्भावनाहरु पैदा हुन गएका छन् ? के यसले विश्व इतिहासको विकासको आम दिशामा कुनै परिवर्तन ल्याएको छ ? के यसले संसारका ती सब देशहरुका आधारभूत वर्गहरुका पारस्परिक मूल सम्बन्धहरुमा कुनै परिवर्तन ल्याएको छ, जो विश्व इतिहासको आम विकासमा तानिएर आएका छन् अथवा तानिदै छन् ?
यदि समाजवादको निर्माणको लागि एक निश्चित सांस्कृतिक स्तरको आवश्यकता छ भने (हुन त यो निश्चित ‘सांस्कृतिक स्तर’ के हो भन्ने कुरा कसैले बताउन सक्तैन, किनभने रहेक पश्चिम यूरापेली देशमा यो स्तर भिन्दा भिन्दै छ), त्यसो भए हामी किन सबभन्दा पहिले क्रान्तिकारी तरिकाले यस निश्चित स्तरको लागि पूर्वाधार खडा गर्न सक्तैनौं र त्यसपछि मात्र मजदूर तथा किसानहरुको सत्ता एवम् सोभियत व्यवस्थाको आधारमा अगाडी बढ्न र अरु जनताहरुलाई उछिन्ने काम गर्न सक्तैनौं ?
१६ जनवरी, १९२३
तपाई भन्नुहुन्छ समाजवादको लागि सभ्यताको आवश्यकता छ । ठीक छ । त्यसो भए किन हामीले त्यस्तो सभ्यताको लागि सबभन्दा पहिले जमीन्दारहरु तथा रुसी पूँजीजीवीहरुको उन्मूलन गर्ने जस्तो पूर्वाधार खडा गरेर त्यसपछि मात्र समाजवादको दिशामा अगाडी बढ्न नहुने हो ? आम ऐतिहासिक गतिको यस्तो रुपान्तरण अनुचित अथवा असम्भव छ भन्ने कुरा तपाईले कुन किताबमा पढ्नु भो ? मलाई नेपोलियनले लेखेको कुरा सम्झना भयो– इल कभुलनबनभ भत उगष्क‘।यलखयष्त यसको भावानुवाद हुनजान्छ ‘पहिले गम्भीर लडाईमा हाम फाल, त्यसपछि हेरिएला ।’ हामी पनि अक्टोबर १९१७ मा यही गम्भीर लडाइँमा हाम फाल्यौं र त्यसपछि हामीले पनि ब्रेस्ट सन्धि अथवा नेप जस्ता सानातिना कुराहरु (विश्व इतिहासको दृष्टिकोणले यी सब निसन्देह सानातिना कुरा हुन्) देख्यौं र अब मूल रुपमा हामीले विजय प्राप्त गरिसकेका छौं भन्ने कुरामा कुनै शंका छैन ।
हाम्रा सुखानोभहरुले उनीहरुको भन्दा अझ दक्षिणपन्थी दृष्टिकोण राख्ने सामाजिक जनवादीहरुको त कुरै नगरे हुन्छ, अर्को कुनै तरिकाले क्रान्ति गर्न सकिदैन भन्ने कुरा सपनामा पनि सोच्न सक्तैनन् । पूर्वेली देशहरुमा, जसको जनसंख्या कता हो कता धेरै छ र जसको सामाजिक स्थितिमा कता हो कता बढी विविधता छ, अब जुन क्रान्तिहरु हुनेछन् निसन्देह तिनका रुसी क्रान्तिको दाँजोमा कता हो कता बढी विशिष्टताहरु प्रकट हुनेछन् भन्ने कुरा हाम्रा यूरोपेली कूपमण्डूकहरु समनामा पनि देख्न सक्तैनन् ।
काउत्स्कीको शिक्षाको आधारमा लेखिएको पाठ्य–पुस्तक आफ्नो जमानामा निकै उपयोगी ठहरिएको थियो भन्ने कुरा बताइरहनु पर्ने कुनै आवश्यकता छैन । तर यी सब कुरा हुँदाहुँदै पनि यस पाठ्य–पुस्तकमा विश्व इतिहासको विकासक्रमका सब रुपहरु पूर्व निर्धारित छन् भन्ने विचार छोड्ने बेला भैसकेको छ । यस्तो विचार राख्ने मान्छेहरु ‘महामूर्ख’ हुन् भन्ने बेला भैसकेको छ ।
(भ्ला.इ. लेनिन संकलित रचना संग्रह, पाँचौ संस्करण, खण्ड ४५– पृष्ठ ३७८–३८२, बाट)



