चिनियाँ राष्ट्रपति सि जिनपिङको विचारधारा संविधानमा समावेश गरिने

चिनियाँ राष्ट्रपति सि जिनपिङको विचारधारा संविधानमा समावेश गरिने

काठमाडौं, ७ । चीनको कम्युनिस्ट पार्टीले राष्ट्रपति सि जिनपिङको विचारधारालाई संविधानमै समावेश गर्ने निर्णय गरेको छ । झण्डै एक हप्तादेखि चलिरहेको कम्युनिष्ट पार्टीको भेलामा संविधानमै सि जिनपिङ बिचारधारा लेख्ने पक्षमा सहमति जुटेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

संविधानमा सिलाई चीनका पहिलो कम्युनिस्ट नेता तथा संस्थापक माओत्सेतुङ्गको कै बराबरीको दर्जा समेत दिइएको खबरमा उल्लेख छ । योसँगै चिनियाँ नागरिक, विद्यालयका बालबालिका सरकारी कर्मचारी तथा कम्युनिष्ट पार्टीका ९ करोड सदस्यले सि जिनपिङको विचार पढ्नेछन् ।

साथै जिनपिङको विचारसँगै चिनियाँ समाजवादी युग सुरु भएको मानिएको छ । चीनले सिको युगलाई आधुनिक चीनको तेस्रो अध्याय सुरु भएको जनाएको छ । चीनमा यसअघि माओत्सेतुङ्ग र देङ सियाओपिङको नाम मात्र संविधानमा उल्लेख गरिएको थियो ।