
काठमाडौं, ६ । एभरेष्ट प्रिमियर लिग (इपिएल)को दोस्रो संस्करण अन्तर्गत खेलाडी किनबेच (अक्सन) कार्यक्रम समापन भएको छ । अक्सनका लागि १ सय ६० खेलाडीले दर्ता गरेपनि प्राविधिक समितिले ९० खेलाडीलाई अक्सनका लागि छनोट गरेको थियो । अक्सनमा सहभागी खेलाडीबाट प्रत्येक टोलीले १० खेलाडीलाई किन्नपर्ने प्रावधान रहेको थियो ।
एक खेलाडीको लागि अधिकतम रकम रु १ लाख ७५ हजार तोकिएको थियो । विनोद भण्डारी, आरिफ शेख, करण केसी र सन्दिप लामिछाने अधिकतम रकममा बिके । एक भन्दा बढी टोलीले अधिकतम रकम बोली लगाएको खण्डमा गोलाप्रथाबाट खेलाडी भविष्य निर्धारण गरिएको थियो ।
अक्सनमा खेलाडी किनबेच पश्चात तयार टोली ः
काठमाडौँ किङ्गस ११ः (मार्की खेलाडी) (सोमपाल कामी)
नरेश बुढाएर, सगर पुन, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुशील कंडेल, सिद्धान्त लोहनी, पुरन बिके, विक्रम भुसाल, अमर सिंह राउटेला
ललितपुर प्याट्रीयट्सः (मार्की खेलाडी) (ज्ञानेन्द्र मल्ल)
सन्दिप लामिछाने, महबुब आलम, ललित राजबंशी, शंकर राना, कुशल भुर्तेल, राजबिर सिंह, पवन शर्राफ, सोनु तामाङ, रशिद खान, सन्दिप जोरा
पोखरा राइनोजः (मार्की खेलाडी) (शक्ति गौचन)
विनोद भण्डारी, राजेश पुलामी मगर, सौरभ खनाल, सुनिल धमला, किशोर महतो, सुसन भारी, विक्रम सोब, बिपिन खत्री, नुरधोज सेन, सन्तोष भट्ट
चितवन टाइगर्सः (मार्की खेलाडी) ( दिपेन्द्र सिंह ऐरी)
सुबास खकुरेल, पृथु बास्कोटा, सन्दिप सुनार, साहब आलम, दिलिप नाथ, सुनम गौतम, ललित भण्डारी, योगेन्द्र कार्की, कमल सिंह ऐरी, भिम सार्की
भैरहवा ग्लाडीयटर्सः (मार्की खेलाडी) ( शरद भेषावकर)
आरिफ शेख, प्रदिप ऐरी, कृष्ण कार्की, भुवन कार्की, प्रकाश केसी, दिपेश श्रेष्ठ, रोहित कुमार पौडेल, भुपेन्द्र थापा, हरिशंकर साह, अभिनाश बोहोरा
विराटनगर वारियर्सः (मार्की खेलाडी) (पारस खड्का)
वसन्त रेग्मी, कारण केसी, अभिनाश कर्ण, प्रनित थापा मगर, आसिफ शेख, पुष्प थापा, अनिल कुमार साह, सुमित महर्जन, आकाश विष्ट, राम नरेश गिरि