काठमाडौं । आगामी १० मंसिरमा ३२ जिल्लामा हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार ८०२ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले आइतबारको उम्मेदवार मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र व्यापक जनसहभागितामा सम्पन्न भएको जनाएको छ ।

पछिल्लो विवरणअनुसार प्रतिनिधिसभातर्फ ३२० र प्रदेशसभातर्फ ४८२ गरी जम्मा ८०२ जनाको उम्मेदवारी दर्ता भएको आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन संचालन केन्द्रले जनाएको छ । बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी मनोcनयनको समय तोकिए पनि दर्ताका लागि पुगेकाहरूको प्रक्रिया रातिसम्म जारी थियो ।

एमाले–माके गठबन्धनविरुद्ध बागीको चुनौती

रामेछापमा वाम गठबन्धनबाट भएको टिकट वितरणको विरोध गर्दै माओवादीका कार्यकर्ताहरुले विद्रोह गरेका छन् । संविधानसभाकी पूर्व सदस्य तथा २०७० सालको निर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ बाट माओवादी उम्मेदवार बनेकी लक्ष्मीदेवि गुरुङले प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् । उनी प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी गर्ने एक्ली उम्मेदवार हुन् ।

ठुलै समूह लिएर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका माओवादी कार्यकर्ताहरुले प्रदेश सभामा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मैनकुमार मोक्तानलाई क्षेत्र नम्बर २ र हेमन्त पौडेल (निकाश ) लाई क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएर फर्केका थिए । विद्रोही उम्मेदवारी दर्ता नगर्नका लागि जिल्ला र केन्द्रीय नेताहरुको दबाबका बाबजुद माओवादी कार्यकर्ताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

उता पूर्वी रुकुममा माओवादी केन्द्रविरुद्ध दुईजनाले बागी उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादीकी आधिकारिक उम्मेदवार कमला रोकाविरुद्ध तेजेन्द्र खाममगरले उम्मेदवारी दिएका छन् । उनी रुकुमका पुराना वामपन्थी नेता हुन् ।
त्यसैगरी प्रदेश सभातर्फ रुकुम पूर्व (क) मा पनि माओवादीबाट बागी उम्मेदवारी परेको छ । माओवादीका आधिकारिक उम्मेदवार तेजबहादुर ओली ‘प्रतीक’ विरुद्ध पुनिराज घर्तीले उम्मेदवारी दिएका छन् । घर्ती माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य समेत हुन् ।
जाजरकोटमा वामपन्थी गठबन्धनका साझा उम्मेदवार माओवादी नेता शक्ति बस्नेतविरुद्ध एमालेका गोविन्दविक्रम शाहले वागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेको जित्ने निश्चित भएको ठाउँमा माओवादीलाई छाडेको भन्दै एमाले नेता शाहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

मुगुमा माओवादी केन्द्र मुगु जिल्ला कमिटीले एमालेसँग गरिएको चुनावी तालमेल नमान्ने निर्णय गरेको छ । जिल्लामा रहेका माओवादीका नेताहरुले साझा बाम उम्मेदवारको विरोधमा आइतबार बेग्लै उम्मदेवारीसमेत दर्ता गरेका छन् ।
जिल्लामा सबै सिट एमालेलाई दिइएकोमा आपत्ति जनाउँदै माओवादी केन्द्रको मुगु जिल्ला कमिटीले यो निर्णय नमान्ने औपचारिक निर्णय नै गरेको केन्द्रीय नेता मंगलबहादुर शाहीले बताएका छन् ।

माओवादी केन्द्रले मुगुबाट प्रतिनिधिसभामा सुरबहादुर बुढालाई उम्मेदवार बनाएको छ भने प्रदेश (क) मा सन्तोष मल्ल र (ख) मा मंगलबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

एमालेमा विना छलफल बहस पार्टीलाई विलय गराउन खोजेको, माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त परित्याग गर्न÷गराउन खोजेको, दशवर्ष लामो जनयुद्धमा महत्वपूर्ण भूमिका खेलेर आएका नेता कार्यकर्ताहरुको इतिहास नामेट पार्न खोजेकोे, घुमीफिरी एमालेको जबज सिद्धान्तमा पार्टीलाई पु¥याउन खोजेको भन्दै माओवादी केन्द्रभित्र नेतृत्वका विरुद्ध ठूलै असन्तुष्टी र आक्रोश पैदा भएको माओवादी केन्द्रका एक सचिवालय सदस्यले बताए, “बागी उम्मेदवारी त्यही असन्तुष्टीको सानो अभिव्यक्ति मात्र हो ।” उनका अनुसार हिजो जनयुद्ध लडेर आएका अधिकांश नेता कार्यकर्ताले मालेमावादको पथप्रदर्शक सिद्धान्त र जनयुद्धको विषयमा सम्झौता गरेर एमालेमा विलय हुन नजाने अडानमा रहेका छन् । उनीहरु प्रतिक्रियावादी व्यवस्थामा सहबरणको राजनीति छाडेर क्रान्तिकारी ध्रुवीकरण तर्फ लामबद्ध उने पनि ती नेताले दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर