देजमोका नेताहरु कसले कहाँ गराए उम्मेवादरी दर्ता ?

देजमोका नेताहरु कसले कहाँ गराए उम्मेवादरी दर्ता ?

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले मंसिर १० का लागि हुने प्रतिनिधिसभा र प्रदेश सभाको लागि आइतबार विभिन्न जिल्लामा उम्मेदवारी दर्ता गराएको छ ।

देजमोको केन्द्रीय कार्यालयबाट प्राप्त जानकारी अनुसार रोल्पामा प्रतिनिधिसभाको लागि कुमार शाहले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभामा १ मा टिकामन बुढामगर र २ मा मोतिराम पुनले उम्मेदवारी दर्ता गराएका छन् । शाह देजमोका केन्द्रीय सचिवालय सदस्य समेत हुन् ।

त्यसैगरी नुवाकोटमा प्रतिनिधिसभाको लागि २ नं. निर्वाचन क्षेत्रबाट महिला नेतृ लक्ष्मी मुड्भरीको उम्मेदवारी परेको छ भने २ नं. कै प्रदेशसभाका लागि क) मा अर्जुनलाल श्रेष्ठ र ख) मा रवि अधिकारीले मनोनयन दर्ता गराएका छन् । १ नं. निर्वाचन क्षेत्रको प्रदेशसभाका लागि ख) मा भने राजन लामिछानेले उम्मेदवारी दिएका छन् ।

यता गोरखामा प्रतिनिधिसभाको लागि निर्वाचन क्षेत्र नं. १ मा विध्यार्थी नेता राम नेपालीले उम्मेदवारी दिएका छन् भने २ नं. मा युवा नेता नारायण अधिकारीले मनोनयन दर्ता गराएका छन् । गोरखाको २ नं. मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले लोकतान्त्रिक गठबन्धनबाट र माकेका नेता नारायणकाजी श्रेष्ठले बाम गठबन्धनबाट उम्मेदवारी दिएका कारण पनि देजमोका उम्मेदवार अधिकारीको चर्चा बाक्लिएको छ । अधिकारीले दुवैको भोट काट्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गर्ने गरेका छन् । २ नं. क्षेत्रको प्रदेशसभामा भने देजमोका छविलाल घलेले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी रामेछापमा प्रतिनिधिसभाका लागि गणेशबहादुर खड्गी‘गगन’ले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभाका लागि १ मा लाङ्घाली मगर र २ मा पदम थापामगरले उम्मेदवारी दर्ता गराएका छन् ।

उता भोजपुरमा प्रतिनिधिसभाका लागि डिल्लीराम बोहराले उम्मेदवारी दिएका छन् भने प्रदेशसभाका लागि १ मा आङ्डेण्डी शेर्पा र २ मा देवप्रसाद राईले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी ओखलढुंगामा प्रतिनिधिसभाका लागि रुद्र कुमार फुयाँलले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभाका लागि १ मा तेन्जिङ शेर्पा र २ मा विष्णु खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

यता दोलखामा प्रतिनिधिसभाको लागि गोविन्द काफ्लेले उम्मेदवारी दिएका छन् भने प्रदेशसभाका लागि पूर्वबहादुर खड्का (१) र छत्रबहादुर कार्की (२)ले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी लमजुङमा प्रतिनिधिसभाका लागि शुरेशचन्द्र न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् भने कालिकोटमा प्रतिनिधिसभाका लागि कर्णबहादुर बुढाले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी बाग्लुङमा प्रतिनिधिसभाका लागि निल बहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन् भने पाँचथरमा प्रतिनिधिसभाको लागि उमेश तिमल्सेनाले आफ्नो मनोनयन दर्ता गराएका छन् ।

यता सिन्धुपाल्चोकमा भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट टेक बहादुर जोशीसोही निर्वाचन क्षेत्रबाट प्रदेशसभाको लागि खड्ग बहादुर थापाले र उम्मेदवारी दर्ता गराएका छन् भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट भने कुमार बोगटी र सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभाका लागि राुज खड्काले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी बझाङमा भने प्रतिनिधिसभाका लागि धरणीधर नाथ र प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ बाट अशोक ओलीले आफ्नो मनोनयन दर्ता गराएका छन् ।

अन्य जिल्लाहरुको विवरण भने आउन बाँकी छ ।