
काठमाडौं, १ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रवक्तामा भूषण घिमिरे नियुक्त भएका छन् । संघको बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले टघिमिरेलाई प्रवक्तामा नियुक्त गरेको हो । घिमिरे जापानमा सञ्चारसहितका उद्यम क्षेत्रमा क्रियाशील छन् ।
जापानको सोफिया युनिभर्सिटीमा पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरे राजधानी टोकियोबाट प्रकाशित नेपाली पत्रिका ‘नेपाली समाचार’का प्रधान सम्पादक हुन् । १६ वर्षदेखि जापानमा बस्दै आएका उनी नेपालमा रहँदा युग सम्वाद साप्ताहिकको कार्यकारी सम्पादक, रेडियो नेपालको कार्यक्रम ‘परिवेश’को प्रस्तोता थिए । उनी नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।
घिमिरेले नेपालमा बैंकिङ, हाइड्रो, शिक्षा क्षेत्रमा लगानी गरेका छन् भने जापानमा रेस्टुरेन्ट, ग्रोसरी व्यवसाय गर्दछन् ।