काठमाडौं । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गरी सीमा जोडिएका १३ नाका खोल्न सरकारले चीनसँग प्रस्ताव गर्ने भएको छ ।

हार्दिक शुभकामना !

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनियाँ राजदूतलगायत अधिकारीसमक्ष यस्तो प्रस्ताव गरेका हुन् ।

नेपाल–चीन सडक यातायात सम्झौता कार्यान्वयन गर्ने दस्तावेज (प्रोटोकल) संशोधन गरी थप नाका खोल्ने तयारी भएको उनले जानकारी गराए ।

वि.सं २०५१ मा भएको दुई देशबीचको सडक यातायात सम्झौताका विषयमा वार्ता गर्न चीनको सरकारी प्रतिनिधिमण्डल सोमबार नेपाल आउने मन्त्रालयले जनाएको छ । यससम्बन्धी वार्ता गतवर्ष चीनको ल्हासामा भएको थियो ।

बुधबार मन्त्रालयका अधिकारी र चिनियाँ अधिकारीबीच वार्ता गरी निष्कर्ष निकालिनेछ । यसअघि चीनसँग खासा–यारी (हुम्ला), खासा–रसुवागढी, खासा–ओलांगचुंगोेला नाका खोल्ने सम्झौता भइसकेको छ ।

मन्त्री बलायरले सोमबार रसुवागढी–हिल्सा, रसुवागढी–कोरला, खासा–कोरला, रसुवागढी–डोल्पा, खासा–डोल्पा, रसुवागढी–दार्चुला, रसुवागढी–ताक्लाकोट, खासा–ताक्लाकोट, रसुवागढी–ओलांगचुंगोला र रसुवागढी–किमाथांका नाका खोल्न प्रस्ताव गरिएको बताए ।

चीनको राजमार्ग कार्गो ढुवानीका लागि नेपालले प्रयोग पाउने गरी १३ नाका खोल्न प्रस्ताव गरिएको छ । नेपालका लागि चिनियाँ राजदूत यु हंगसँग भएको वार्तामा उनले आफू सहमत भएको बताउँदै प्रतिनिधिमण्डलसँग समन्वयका लागि कुरा राख्ने बताए ।

तातोपानी नाका खोल्न पनि चिनियाँ सरकार गम्भीर रहेको राजदूत हंगले जानकारी गराएको उनले बताए ।

भेटका क्रममा तातोपानी नाका बन्द हुँदा चीनसँग आयात निर्यातमा समस्या भएकाले नाका छिटो खोल्न मन्त्री बलायरले अनुरोध गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर