काठमाडौंको क्षेत्रपाटीबाट समातियो ८८ किलो सुन, एक जना पक्राउ

काठमाडौंको क्षेत्रपाटीबाट समातियो ८८ किलो सुन, एक जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

बा १७ च ६४२७ नम्बरको गाडीबाट प्रहरीले सुन बरामद गरेको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिवेश लोहनीले जानकारी दिए ।

गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले आइतबारराति १० बजेदेखि नै निगरानी राखेको थियो ।

सोमबार बिहान गाडी चालकले स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । स्ट्रोेम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।