सिन्धुली । अविरल वर्षापछि आएको पहिरोमा पुरिएर सिन्धुलीमा शनिबार बिहान एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान करिब ४ बजेतिर गएको पहिरोमा परी सिन्धुलीमाढीका उदयबहादुर खड्काको परिवारका चार सदस्यको मृत्यु भएको हो ।
पहिरोले पुरिएर मृत्यु हुनेमा खड्काकी ३७ वर्षीया श्रीमती दुर्गा, १५ वर्षीया छोरी शोभा तथा छोरा १० वर्षीया अनिष र ८ वर्षीय मनिष रहेको छन् । उदयबहादुरको भने पहिरोबाट उद्दार गरिएको छ ।
सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने खड्काको परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा घर बनाएर बसेको थियो ।
जिल्ला प्रहरी कार्यालयको आवासीय भवननजिकैबाट झरेको पहिरोले घर पुरिएको थियो ।
राति २ बजेतिर पहिरोले घर भत्काएपछि आफू भागेर बाँच्न सफल भएको तर राति हारगुहार गर्दा उद्धार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको खड्काले बताए ।































