काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा पछिल्लो समयमा केन्द्रीय सदस्यसहितका नेताहरुले पार्टी छाड्ने क्रम बढेको छ ।

२०७१ साल मंसिरमा तत्कालै जनयुद्ध सुरु गर्ने भन्दै तत्कालीन नेकपा–माओवादीबाट बाहिरएको विप्लव समूहले लिएको गलत कार्यदिशाका विरुद्ध सो पार्टीका नेता कार्यकर्ताले पार्टी छाड्न थालेका हुन् ।

केही दिनअघि मात्रै गगनबहादुर खड्का जीवनले पार्टी परित्याग गरेका थिए भने फेरि अर्का केन्द्रीय सदस्य पारसमणिले पनि पार्टी परित्यागको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ६ बुँदे कारणसहित पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले पार्टीभित्र रहेको राजनीतिक वैचारिक र आर्थिक अराजकता चरम अवस्थामा रहेको संकेत गरेका छन् ।

यद्यपि उनले पार्टी परित्याग गर्नुमा राजनीतिक र व्यवहारिक कारण रहेको उल्लेख गरेका छन् । पछिल्लो समयमा विप्लव नेतृत्वको नेकपा परित्याग गर्ने लहर नै चलेको छ ।

केहि दिनअघि जाजरकोटका के.स. गगनबहादुर खड्का ‘जीवन’ र बाँकेका इन्चार्ज संगमसहितले पार्टी परित्याग गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर