दाङ । नेकपा (क्रान्तिकारी माओवादी) का कार्यालय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका सचिव परि थापाले आफूहरु नेपाली क्रान्तिको आधार तयार गर्ने प्रक्रिया जुटिसकेको बताएका छन् ।
देशभक्त जनगणतान्त्रिक मोर्चाको ५ नम्बर प्रदेशको भेलालाई सम्बोधन गर्दै थापाले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा धेरै पहिलेदेखि नै संयुक्त मोर्चाको अभ्यास सुरु भएको उल्लेख गर्दै उनले चीन र युरोपेली मुलुकमा प्रयोग भएका मोर्चाको उदाहरण प्रस्तुत गरेका थिए ।
अहिले क्रान्तिकारी माओवादी पनि नेपाली क्रान्तिलाई पूर्णतातर्फ लैजाने प्रक्रियामा जुटेको उल्लेख गर्दै उनले त्यसैलाई टेवा पुर्याउनका लागि देशभक्त जनगणतान्त्रिक मोर्चाको निर्माण गरिएको बताए ।
कम्युनिस्ट पार्टीको सदस्य बन्नका लागि भौतिकवादी हुनुका साथै आम मानिसभन्दा माथिल्लो स्तरको चेतना हुनुपर्ने भएपछि यस्तो मोर्चामा राष्ट्रवादी, मुक्तिकामी र परिवर्तनको पक्षमा रहेको व्यक्ति सदस्य बन्न सक्ने उल्लेख गरे ।
मोर्चाले आफ्नो दर्ता प्रक्रियामा नै संघर्ष गर्नुरेको उल्लेख गर्दै उनले संघर्षकै माध्यमबाट मोर्चा देशैभर आम जनतासमक्ष पुग्ने विश्वास व्यक्त गरे । अहिले मोर्चाले क्रान्तिको आधार तयार पार्नका लागि देशैभर सबै शक्तिहरुलाई गोलबन्द पार्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
अहिले नेपालमा यथार्थको भन्दा भ्रमको राजनीतिक बढी विकाउ भएको उल्लेख गर्दै उनले जनप्रतिनिधिहरुले नै उटपट्याङ कुरा गरेर जनतालाई भ्रमित पारेको बताए । उनले भने, ‘काठमाडौंमा मोनो रेल ल्याउने भनेका छन् । सबैलाई स्मार्ट मोवाइल वितरण गर्नेजस्ता उडन्ते कुरा गर्दै खाली दिमाग भएकोहरुले जनतालाई भ्रमित पारिरहेको छन् । जनता त्यो भ्रममा पर्नुहुन्न ।’
कार्यक्रममा पार्टीका सचिवालय सदस्य प्रेम सुवेदीले पार्टीले क्रान्ति पूरा गर्नका लागि पार्टी, संयुक्त मोर्चा र सेनाको अवधाराणालाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले अहिले पार्टीले बनाएको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल गठन गरेर संघर्षको एउटा साधन बनाएको उल्लेख गर्दै उनले यसलाई जनतासम्म लैजाने दायित्वको नेतृत्व गर्नुपर्ने बताए । उनले भने, ‘तात्कालिन रुपमा सङ्घर्षमा मुख्य भूमिका बल प्रयोगको हुन्छ । तर त्यो सँधै प्रधान हुँदैन । उत्पीडित वर्ग, जाति, लिङ्ग, पेशा र तह तथा तप्काका जनताका नेतृत्व गर्न सक्यो भने यो मोर्चाको सार्थकता रहन्छ र त्यो वास्तविक मोर्चा बन्न सक्छ ।’
कार्यक्रममा शिक्षक संगठनबाट क्षेत्रबहादुर थापा, क्रान्तिकारी पत्रकार महासंघबाट दामोदर खनाल, दलित राष्ट्रिय मुक्ति मोर्चाबाट पूर्णविक्रम नेपाली, थारु मुक्ति मोर्चाबाट रामजी चौधरी, अनेमसंघ (क्रान्तिकारी) बाट दुर्गा अधिकारी खत्री, मधेसी राष्ट्रिय मुक्ति मोर्चाबाट बृजदेव पाण्डे, किसानबाट, लक्ष्मी पौडेल, मजदुरबाट नरेन्द्र बन्जाडे, विद्यार्थीबाट उपेन्द्र शाहहीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो भेलाले के.बी गुरुङको संयोजकत्वमा ५ नं. प्रदेश समिति गठन गरेको छ । जसको सचिवमा कुमार शाह रहेका छन् भने सदस्यहरुमा भुलबहादुर सुनारी, रामविलास थारु, निमकला पुन, बृजदेव पाण्डे, तेजकुमारी थापा, गोपाल नेपाली, यमबहादुर शाह, अब्दुल सलाम खान, मकबुल अली, टिपु सुल्तान, चुडामणि भण्डारी रहेका छन् ।
यसैगरी केजीकुमार पौडेल, पदम लामिछाने, ईश्वरीप्रसाद गैरे, नन्दराम रोका क्षत्री, पद्मप्रसाद अधिकारी, सुशिला आचार्य, तीलक विक., तेजविक्रम शाह, धनविर चौधरी, शान्ता खनाल, देवीराम आचार्य, विश्वम्भर चौधरी बर्दिया, हिमबहादुर केसी, टोमबहादुर घर्ती, बिरमा पाण्डे, भिमबहादुर घर्ती, टीकामन बुढा, पुष्पा डिसी, चन्द्रबहादुर सोनम, दामोदर खनाल, लिला श्रेष्ठ, केशव अधिकारी, अर्जुन तरामु, शिवमङ्गल चौधरी, चुनीकला विक रहेका छन् ।